विज्ञापन
No data was found

'भुटानमा सम्पन्न ब्याडमिन्टन एशिया च्याम्पियनसिपमा नेपाललाई २१ पदक'

काठमाडौं । भुटानको थिम्पुमा यही अगस्ट १५ देखि २२ तारिखसम्म सम्पन्न Badminton Asia (South Asia) Regional Championship 2025 मा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै १ स्वर्ण, ९ रजत र ११ कांस्य गरी जम्मा २१ पदक हात पारेको छ। नेपालका युवा खेलाडीहरूले विभिन्न उमेर समूहमा शानदार प्रदर्शन गरेका थिए।

विज्ञापन

अण्डर २३ तर्फ मिश्रित टिम इभेन्ट (रसिला महर्जन, आयुष्मा नेपाल, प्रिन्स दाहाल, क्षितिज खनाल) – कांस्य पुरुष सिंगल्स : प्रिन्स दाहाल – कांस्य, क्षितिज खनाल – कांस्य पुरुष डबल्स : प्रिन्स/क्षितिज – रजत महिला सिंगल्स : रसिला महर्जन – कांस्य, महिला डबल्स : रसिला/आयुष्माले रजत हात पारेका छन्।

विज्ञापन

यस्तै अण्डर १७ तर्फ मिश्रित टिम इभेन्ट (रिहाना शेरचन, दिलासा राना, सुविन श्रेष्ठ, रिसब राई) – रजत, पुरुष सिंगल्स : सुविन श्रेष्ठ बी – कांस्य, पुरुष डबल्स : सुविन/सदिप – रजत, महिला सिंगल्स : रिहाना शेरचन – कांस्य, दिलासा राना – कांस्य, महिला डबल्स : रिहाना/दिलासा – रजत, मिक्स डबल्स : सदिप/दिलासा – कांस्य हात पारेका छन्।

अण्डर तर्फ, मिश्रित टिम इभेन्ट (निभा राई, स्वर्लिन श्रेष्ठ, दिप थिङ, सुदेश राजकोटी) – रजत, पुरुष सिंगल्स : सुदेश राजकोटी – स्वर्ण, दिप थिङ – कांस्य, पुरुष डबल्स : दिप/सुदेश – रजत, महिला सिंगल्स : स्वर्लिन श्रेष्ठ – कांस्य, महिला डबल्स : निभा/स्वर्लिन – रजत, मिक्स डबल्स : दिप/निभा – रजत, सुदेश/स्वर्लिन – कांस्य हात पारेका छन्।

यसपटक नेपालका तर्फबाट सबैभन्दा ठूलो सफलता अण्डर १५ पुरुष सिंगल्समा सुदेश राजकोटीले स्वर्ण पदक जित्दै हासिल गरे। उनको उत्कृष्ट प्रदर्शनले नेपाललाई एक मात्र स्वर्ण दिलाएको हो। नेपालले समग्रमा १ स्वर्ण, ९ रजत र ११ कांस्यसहित २१ पदक प्राप्त गरेको छ।

प्रतियोगितामा नेपालसहित भुटान, श्रीलंका र पाकिस्तानको सहभागिता थियो। नेपाल ब्याडमिन्टन संघ (NBA) ले पदक विजेता सम्पूर्ण खेलाडीलाई बधाई दिँदै विशेषत: स्वर्ण विजेता सुदेश राजकोटीलाई हार्दिक बधाई तथा शुभकामना दिएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

मातातीर्थ मेला भोलिदेखि सुरू, कुन कुन बाटो प्रयोग गरेर मातातीर्थ पुग्ने ?

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि अब नागरिक एपमा उपलब्ध हुने

नयाँ वर्षपछि पहिलो कारोबारमै नेप्सेमा उछाल: ३३ अंकको वृद्धि, कारोबार १० अर्ब नाघ्यो

पूर्वसचिव अधिकारीसहित १७ विरुद्ध ७ करोड ७१ लाखको मुद्दा

दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतको आदेश

आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदै

अखाद्य वस्तु भेटिएपछि बागमती स्विट्सको उत्पादन रोक्न निर्देशन

थानकोटदेखि अन्तरराष्ट्रिय विमानस्थलसम्म आजदेखि रात्रिकालीन बस सुरु हुँदै