विज्ञापन
No data was found

'चन्द्रागिरिको “ईन्द्रजात्रा मेला”मा राष्ट्रिय कलाकारहरू ओइरिने'

काठमाडौँ । चन्द्रागिरि नगरपालिका वडा नं १ स्थित ऐतिहासिक दहचोकमा “ईन्द्रजात्रा मेला”को आयोजना हुने भएको छ ।

विज्ञापन

ईन्द्रथान पर्यटन व्यवस्थापन समिति तथा ईन्द्रदह कोतगाउँ व्यवस्थापन समितिको संयुक्त आयोजनामा पहिलो पटक आयोजना गरिन लागेको “ईन्द्रजात्रा मेला” अन्तर्गत भदौ २० गते शुक्रबार राष्ट्रिय स्तरका चर्चित ब्याण्डहरू “कुटुम्ब” “High G’s and the B flats” सुप्रसिद्ध गायिका “मञ्जु पौडेल” लगायत विभिन्न कलाकाहरूको प्रस्तुति तथा स्थानीय संस्कृति झल्काउने नृत्य तथा दोहोरी गीतहरू गुञ्जिन लागेको हो ।

विज्ञापन

साथै, भदै २१ गते शनिबार परम्परादेखि चल्दै आएको सन्ध्याकालीन आरतीमा धार्मिक विद्वान र पण्डितहरूको विभिन्न कथा वाचनसहित भक्तजनलाई प्रसाद वितरण गरिने जनाइएको छ ।

त्यस्तै, भाद्र २२ गते आईतबार पवित्र स्नान मेला ईन्द्रदह ईन्द्रस्थानमा स्थानीय तह, पर्यटन व्यवसायी, समाजसेवीहरू तथा स्थानीय समुदायको उपस्थितिमा धार्मिक पूजापाठ लगायत अन्य गतिविधि गर्दै कार्यक्रम समापन गरिने आयोजकले जानकारी दिएको छ ।

ऐतिहासिक ईन्द्रस्थान क्षेत्रको धार्मिक, सांस्कृतिक एवं पर्यटन महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने, समुदाय, पर्यटन व्यवसायी स्थानीय कलाकार र युवा पुस्तालाई एकै मञ्चमा ल्याई आर्थिक एवं सामाजिक लाभ दिलाउने, धार्मिक पर्यटनलाई टेवा पुऱ्याउँदै स्थानीय उद्यमशीलता होटल, रेस्टुरेन्ट यातायात तथा सेवा क्षेत्रमा प्रत्यक्ष लाभ पुऱ्याउने उद्देश्यले “ईन्द्रजात्रा मेला”को आयोजना गर्न लागेको बताइएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌