विज्ञापन
No data was found

'ब्राइट फ्युचर स्कूलद्वारा स्क्र्याबल खेलाडीहरूलाई विदाई'

काठमाडौँ  । मलेसियाको क्वालालम्पुरमा हुन लागेको वर्ल्ड स्क्र्याबल च्याम्पियनसिप प्रतियोगितामा भाग लिन जान लागेका खेलाडीहरूलाई विदाई गरिएको छ ।

विज्ञापन

२९ अगस्तदेखि ३ सेप्टेम्बरसम्म मलेसियाको क्वालालम्पुरमा ३५ देशका २ सय भन्दा बढी खेलाडीहरू सहभागी हुने वर्ल्ड च्याम्पियनसिप प्रतियोगितामा भाग लिन जान लागेका चन्द्रागिरि नगरपालिकाको ब्राइट फ्युचर माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ का खेलाडी आयाम सापकोटा र प्रशिक्षक अफिसियल रिसर्च केसीलाई ब्राइट फ्युचर स्कूलद्वारा चन्द्रागिरि नगरपालिका वडा नं १४ का वडाध्यक्ष राजभाइ महर्जनको प्रमुख आतिथ्यता र चन्द्रागिरि नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाका प्रमुख सुजन राज खनाल लगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा एक कार्यक्रमका बीच विदाई गरिएको ब्राइट फ्युचर माध्यमिक विद्यालयका अध्यक्ष मोहन कार्कीले जानकारी दिएका छन् ।

विज्ञापन

यहि भाद्र १४ गते शनिबार (३० अगस्ट) देखि भाद्र १६ गते (अगस्ट १ सेप्टेम्बर) तीन दिनसम्म चल्ने विश्व युवा स्क्राबल च्याम्पियनशिपको २० औं संस्करणमा चन्द्रगिरिको ब्राइट फ्युचर स्कुलबाट १ जना र पथिक ज्ञान निकेतनबाट दुई जना विद्यार्थी भाग लिन जाँदैछन् । साथै, पथिक ज्ञान निकेतनका प्रिन्सिपल साइमन दाहाल तथा ब्राइट फ्युचर स्कुलको रिसर्च क्षेत्री र न्यु होराईजन एकेडेमी इसीए कोर्डिनेटर साथै काठमाडौँ जिल्ला स्क्राबल क्लबका सहसचिव शारदा श्रेष्ठ समेत सहभागी हुने बताइएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌