विज्ञापन

'पुण्योदय बहुउद्देश्यीय सहकारी संस्था लि.को ९ औं साधारण सभा हुँदै'

काठमाडौँ । पुण्यदय बहुउद्देश्यीय सहकारी संस्थाको ९ औं वार्षिक साधारण सभा हुने भएको छ ।

विज्ञापन

संस्थाको संचालक समितिको बैठकको निर्णय अनुसार असोज ३ गते शुक्रबार बिहान १०:३० बजेदेखि चन्द्रागिरि नगरपालिकाको वडा नं ४ स्थित त्रिभुवन पार्कसँगै रहेको ड्रिम ब्यान्क्वेटमा साधारण सभा हुन लागेको हो ।

विज्ञापन

पुन्योदय सहकारी संस्थाका अध्यक्ष सानुकाजी खड्गीले दिएको जानकारी अनुसार ९ औं वार्षिक साधारण सभाले वार्षिक कार्यक्रम तथा बजेट स्विकृत गर्ने, वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुमोदन गर्ने, संचालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन गरिने, संचालक समिति र लेखा सुपरिवेक्षण वार्षिक प्रतिवेदन पारित गर्ने भएको छ ।

त्यस्तै, विनियम संशोधन, संस्थाको ठेगाना परिवर्तन, शेयर पूँजी वृद्धि, लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, कर्मचारीहरूको पारिश्रमिक लगायत सुविधा तोक्ने, संस्थाद्धारा संचालन गर्ने परियोजनाका विषयमा छलफल गर्ने तथा संस्थाले कर्जा लिने लगायत विविध विषयमा केन्द्रित रहेर साधारण सभा आव्हान गरिएको पुण्योदय सहकारी संस्थाका सचिव देवकृष्ण महर्जनले जानकारी दिएका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश