विज्ञापन
No data was found

'रुवि हत्या प्रकरणका आरोपी पासवानको उपचारका क्रममा मृत्यु'

काठमाडौँ । रौतहटको गौर नगरपालिका वडा नं ९ मुडवलवा नजिक सुटकेसभित्र मृत अवस्थामा भेटिएकी रुवि साहको हत्या प्रकरणमा संलग्न भएको भनिएका लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ ।

विज्ञापन

माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि आज बिहान करिब ८ बजे पासवानले आफ्नै शरीरमा पेट्रोल हालेर आगो लगाएका थिए ।

विज्ञापन

आत्मदाह प्रयास गरेका पासवान आगोले जलेर नराम्ररी घाइते भएपछि गरुडा बेटर अस्पतालमा उपचार गरिएको तर त्यहाँ उपचार सम्भव नभएपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत शनिबार राति रुवि साहको शव सुटकेसभित्र फेला परेपछि यस प्रकरणमा लक्ष्मण पासवानमाथि मुख्य संलग्नताको आरोप लागेको थियो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌