विज्ञापन
No data was found

'रुवि हत्या प्रकरणका आरोपित पासवानले आफूलाई आगो लगाए'

काठमाडौँ । रौतहटको गौर नगरपालिका वडा नं ९ मुडवलवा नजिक सुटकेसभित्र मृत अवस्थामा भेटिएकी रुवि साहको हत्या प्रकरणमा संलग्न भएको भनिएका लक्ष्मण पासवानले आज बिहान आफूलाई आगो लगाएका छन् ।

विज्ञापन

माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि बिहान करिब ८ बजे पासवानले आफ्नै शरीरमा पेट्रोल हालेर आगो लगाएका हुन् । गम्भीर घाइते भएका उनलाई स्थानीयको सहयोगमा तत्काल उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

विज्ञापन

गत शनिबार राति रुवि साहको शव सुटकेसभित्र फेला परेपछि यस प्रकरणमा लक्ष्मण पासवानमाथि मुख्य संलग्नताको आरोप लागेको थियो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌