विज्ञापन
No data was found

'सीके राउतको संस्मरण ‘वैरागदेखि बचावसम्म’ सार्वजनिक'

काठमाडौं । डा. सीके राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ लोकार्पण भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र डा. राउतले लोकार्पण गरेका हुन् ।

विज्ञापन

आत्मकथाले डा. राउतको जीवन संघर्ष र अविच्छिन्न राजनीतिको पाटोलाई उजिल्याएको डा. बाबुराम भट्टराईले बताए। उनले भने, ‘कुनै समय मधेसलाई स्वायत्त राज्य माग गर्ने सीकेजीले किन त्यसो भन्नुभएको रहेछ भन्ने थाहा पाउन यो किताब पढ्नुपर्छ। किताबमा सीकेजीको मात्रै संस्मरण नभएर समग्र मधेस र मधेसीप्रति राज्यले सदियौंदेखि गरेको फेहरिस्त समेटिएको छ।’

विज्ञापन

जन्मदेखि पूर्णकालीन राजनीतिमा नआइसक्दासम्मका  डा. राउतका भोगाइ समेटिएको पुस्तक बुकहिलले प्रकाशन गरेको हो । यसको मूल्य पातलो गाता ५९९ रुपैयाँ र मोटो गाता ७९९ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌