काठमाडाैं । नेपालभाषा एकेडेमीको आयोजनामा शनिबार बुढानिलकण्ठमा एक साहित्यिक कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपालभाषा एकेडेमीका कूलपति मल्ल के. सुन्दरको प्रमुख आतिथ्यया सम्पन्न भएको उक्त कार्यक्रमको संयोजन बुढानिलकण्ठ नगरपालिकाको १३ नं वडाले गरेको थियो ।
कवि कविता र कफि नामक उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाको करुणामय भजन खलःको स्वागत प्रस्तुती रहेको थियो भने बुढानिलकण्ठ नगरपालिकाकी उप.प्रमुख अनिता लामाले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा पुष्पराज राजकर्णिकार, लक्ष्मी माली, आर. मानन्धर, योगन्द्र प्रधान, सदर कसाः, सबिना महर्जन, सकुन्तला महर्जन, मिमला शर्मा राजोपाध्याय लगायत नेपालभाषाका नयाँ पुराना ३० भन्दा बढी कविहरूद्वारा कविता वाचन गरिएको थियो ।
मिमला शर्मा राजोपाध्यायको उत्कृष्ट चर्या नृत्य पनि प्रस्तुत भएको उक्त कार्यक्रममा नेपालभाषामा रत्नशोभा महर्जन, दिपा महर्जन, मथुरा महर्जन लगायतको सांगीतिक प्रस्तुती समेत रहेको थियो ।