विज्ञापन
No data was found

'नेपालभाषाविद् चित्रकार रहेनन्‌'

काठमाडाैं । नेपालभाषाका व्याकरणविद् एवं भाषासेवी विष्णु चित्रकार हामी माझ रहेनन् ।

विज्ञापन

जगतसुन्दर ब्वनेकुथिका संस्थापक एवं संचालन समितिका उपाध्यक्ष साथै नेवाः आन्दोलनका अग्रणी व्यक्तित्व चित्रकारको हृदयघातका कारण मृत्यु भएको बताइएको छ । मुक्तिनाथ दर्शन गर्न मुस्ताङ गएका उनलाई हिजो विहान करिब ३ बजेतिर हृदयघात भएपछि मुक्तिनाथ अस्पताल लगिएको थियो ।

विज्ञापन

७६ वर्षिया चित्रकारको पार्थिव शरीरलाई आज विहान ८ देखि १० बजे सम्म जगत सुन्दर ब्वनेकुथिमा आन्तिम श्रद्धाञ्जलीको लागि राखिने भएको छ ।

दिवंगत चित्रकारले स्वर्गीय देवदास मानन्धरसँग मिलेर नेपाल संवत्यम नगुमा प्रकाशनमा सक्रिय रुपमा लागेका थिए भने उनले नेपाल लिपि युनिकोड दतार्मा सक्रिय भूमिका निभाएका थिए । नेपालभाषा साहित्यमा कथा र कवितामा कलम चलाएतापनि चित्रकारको मूलधार भने व्यकरणविद् नै हो । उनले नेपालभाषा व्याकरण सम्बन्धी थुप्रै पुस्तक लेखेका छन् ।

वि.सं.२०२० सालदेखि नेपालभाषा आन्दोलनमा सक्रिय रहेका चित्रकार २०२२ सालभा भएको नेपालभाषाल आन्दोलनमा पनि सक्रिय भूमिका निभाएका थियो । स्वर्गीय चित्रकारको परिवारमा एक छोरी र श्रीमती छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

कवि कविता र कफि कार्यक्रम सम्पन्न

चन्द्रागिरिमा शैक्षिक सत्र अगाडि नै विद्यार्थी भर्ना सुरु

धैरेनी डाँडा सफाइ अभियानमा स्थानीय सरकारको भूमिका गौण, समस्या जस्ताको तस्तै

स्थानीय तहमा प्रशासकीय अधिकृतलगायत कर्मचारी समयमै हाजिर नभए कार्वाही गरिने

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

आजदेखि सरकारी कार्यालय बिहान ९ देखि ५ बजेसम्म खुल्ने

स्वकीय सचिवदेखि सल्लाहकारसम्मको सुविधा खारेज

सात हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द