शाेणितपुर खबर
चन्द्रागिरि नगरपालिका अन्तर्गत प्रहरी वृत्त थानकोटको कमान्ड सम्हालिरहेकी प्रहरी नायब उपरीक्षक एलिजा गिरीको सम्भवत नयाँ वर्ष २०८३ सालको वैशाखमा कार्यावधि सकिंदैछ ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको च.नं. ६४४८ मिति २०८२ साल वैशाख १० गतेको पत्रादेशले साविक नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान यु.एन शाखा नक्सालबाट प्रहरी वृत्त थानकोटमा सरुवा भई हाजिर हुन आएकी प्रहरी नायब उपरिक्षक एलिजा गिरीको लगभग १ महिनाको कार्यकाल शेष रहँदा उनले प्रहरी वृत्त थानकोट अन्तर्गत आफ्नो कार्यकालमा खेलेको भूमिकाको यहाँ चर्चा गर्ने जमर्को गरिएको छ ।
फ्लास ब्याक : पूर्व परिचय
नेपालगन्जमा जन्मिएर प्लस टु को अध्ययन त्यहीँबाट सकाएकी साथै काठमाडौंबाट एम.बि.ए सम्मको उच्च शिक्षा हासिल गरेकी गिरीले २०७० साल चैत्र ९ गते प्रहरी सेवामा प्रवेश गरेकी थिइन् । उनी १५८ ब्याजकी हुन् ।
प्रारम्भमा १७ महिनाको ट्रेनिङ सकाएर प्रहरी एकेडेमीमै कार्यरत रहेकी उनले पछी सोर्हखुट्टेमा सेकेन्ड ईन्चार्जको भूमिकामा कार्य गरिन् ।
आफ्नो प्रारम्भिक प्रहरी सेवा अन्तर्गत सिआईबीमा रहेर प्रभावकारी कार्य सम्पादन गरेकी उनले कोटेश्वर प्रहरी प्रमुखको जिम्मेवारी मार्फत आफूलाई प्रमाणित गरिन् ।
सञ्चार र कलाकारिता क्षेत्रबाट प्रहरी सेवामा प्रवेश गरेकी एलिजा गिरीले प्रहरी सेवालाई कुनै सपनामा आधारित महत्वाकांक्षा नभएर वास्तविकतासँग जोडिएको दायित्व सम्झेर कार्य गर्दै आइरहेको उदाहरण उनको कार्यशैली र प्रतिबद्धतामा आधारित परिणामबाट पुष्टि हुन्छ ।
झण्डै १ वर्ष अगाडि चन्द्रागिरिको प्रहरी वृत्त थानकोटको कमान्ड सम्हाल्न आएकि गिरीको पहिलो दिनको “ईन्ट्री” नै भाइरल खबर बन्यो । परम्परागत रूपमा “पुरुष कमान्डर” मात्रै देखिरहेका स्थानीयहरूले “महिला कमान्डर” त्यसमा पनि सौन्दर्य र साहसको मिश्रित व्यक्तित्व बोकेकी उनलाई जिज्ञासापूर्वक स्वागत गरेका थिए ।
सञ्चार र कलाकारिता क्षेत्रबाट प्रहरी सेवामा प्रवेश गरेकी एलिजा गिरीले प्रहरी सेवालाई कुनै सपनामा आधारित महत्वाकांक्षा नभएर वास्तविकतासँग जोडिएको दायित्व सम्झेर कार्य गर्दै आइरहेको उदाहरण उनको कार्यशैली र प्रतिबद्धतामा आधारित परिणामबाट पुष्टि हुन्छ ।
फर्स्ट स्टेप : आफ्नै भवनबाट कार्य थालनी
लामो समयदेखि निर्माण क्रममा रहेको थानकोट प्रहरी वृत्तको निर्माण प्रक्रिया विभिन्न कारणले लम्बिरहेकोे र थानकोटस्थित त्रिभुवन पार्क तथा वरपरका निजी घरहरू भाडामा लिएर दैनिक कार्यालय सञ्चालन गर्दै आइरहेको अवस्थामा डिएसपी एलिजा गिरीले आफुले जिम्मेवारी सम्हाले लगत्तै चेकपोस्टस्थित प्रहरी वृत्त थानकोटको प्रहरी भवनको निर्माण कार्य पुर्णतया सम्पन्न नभइसकेको भएपनि पार्कबाट गरिंदै आएको सेवा प्रवाहलाई आफ्नै प्रहरी भवनबाट प्रारम्भ गरिन् ।
साथै, स्थानीय सरकार, लगायत सम्बद्ध पक्षहरूसँग प्रभावकारी समन्वय गरेर सो भवनको छोटो समयमै उट्घाटन समेत सम्पन्न गरिन् । त्यस्तै, यसक्रममा द्वन्द्वकालमा चेकपोस्ट प्रहरी चौकीमा सहादत प्राप्त गरेका प्रहरीहरूको स्मृतिमा उनिहरूको नामावलीसहित अभिलेख पत्र समेत स्थापना गरिन् ।
अपराध न्यूनीकरणमा सकृयता :
चन्द्रागिरि नगरपालिका काठमाडौं उपत्यका भित्रिने र बाहिरिने नाकाको रूपमा रहेकोले यस क्षेत्रको सामाजिक संरचना र मनोविज्ञान जटिल प्रकृतिको रहेको र यस क्षेत्रमा विभिन्न स्वरूपका आपराधिक गतिविधि हुँदै आएको देखिन्छ । इतिहासको अध्ययन र दर्ज भएका नजिरहरूको आधारमा यो क्षेत्रमा असोचनीय र अकल्पनीय आपराधिक कृयाकलापहरू हुँदै आएकोमा डिएसपी गिरीको कार्यकालमा तुलनात्मक जगन्य प्रकृतिका आपराधिक घटनाहरू कम घटेको मानिएको छ । यस सन्दर्भमा गिरीको व्यक्तिगत कार्यशैली र मिहिन अनुसन्धानको अनुभवले समेत भूमिका खेलेको विश्लेषण गरिएको छ ।
लागूऔषध तथा जुवा अखडामा आतंक सृजना :
सामान्यतया पुलिस प्रशासनकै संरक्षणमा जुवातास खेलाइने गरेको, पुलिसहरूले हप्ता बुझ्ने, कमिशन खाने र जुवातास खेल्न छुट दिने वा देखेपनि नदेखेजस्तो गर्ने प्रवृत्ति रहेको आम बुझाई र आरोपको खण्डन हुनेगरि डिएसपी एलिजा गिरीले चन्द्रागिरि क्षेत्रमा हालसम्मकै ठूलो रकमको जुवाखाल सञ्चालक तथा त्यसमा संलग्न जुवाडेहरूलाई पक्राउ गरि जुवा अखडामा आतंक सृजना गरिदिएकी छिन् ।
त्यस्तै, लागूऔषध प्रयोग र ओसारपसारको गतिविधिमा कडा निगरानी, अध्ययन, अनुसन्धान र सामाजिक, सार्वजनिक बहस, छलफल मार्फत लागूऔषध प्रयोगको न्यूनीकरणमा उल्लेखनीय भूमिका निर्वाह गरेको मानिन्छ ।
जेन-जी आन्दोलन, आफै घाइते र परिस्थिति सन्तुलनमा उच्च योगदान :
भदौ २४ गतेको जेन-जी आन्दोलनमा चन्द्रागिरिमा रहेको बाड्भन्ज्याङ्ग प्रहरी चौकी, बलम्बुमा रहेको प्रहरी प्रभाग र प्रहरी वृत्त थानकोट लगायत प्रायः सबै प्रहरी भवनमा तोडफोड तथा आगजनी गर्ने कार्य गरियो । सुरक्षा संयन्त्रलाई प्रतिरोधमा नउत्रिन र संयमता अपनाउन निर्देशन भएपछि आफू मातहतका सम्पूर्ण प्रहरी कर्मचारीहरू, सवारीसाधन तथा हातहतियार, गोलिगठ्ठाको सुरक्षामा एलिजा गिरीले खेलेको अभिभावकीय भूमिकाको प्रहरी वृत्तभित्रै प्रशंसा र चर्चाको विषय बन्यो । जेन-जी आन्दोलनकै क्रममा गिरी आफै आक्रमणमा परि घाइते समेत भएकी थिइन् भने जाँचबुझ आयोग समक्ष बयान समेत दिनुपरेको थियो ।
सामान्यतया पुलिस प्रशासनकै संरक्षणमा जुवातास खेलाइने गरेको, पुलिसहरूले हप्ता बुझ्ने, कमिशन खाने र जुवातास खेल्न छुट दिने वा देखेपनि नदेखेजस्तो गर्ने प्रवृत्ति रहेको आम बुझाई र आरोपको खण्डन हुनेगरि डिएसपी एलिजा गिरीले चन्द्रागिरि क्षेत्रमा हालसम्मकै ठूलो रकमको जुवाखाल सञ्चालक तथा त्यसमा संलग्न जुवाडेहरूलाई पक्राउ गरि जुवा अखडामा आतंक सृजना गरिदिएकी छिन् ।
थप उल्लेखनीय केही :
चन्द्रागिरि नगरपालिका जस्तो काँठे क्षेत्रमा रहेकोे परम्परागत समाजभित्र चलिआएको शक्ति संरचनाको उपल्लो तहमा हुने विविध चलखेलमा प्रहरी प्रशासनको मिलोमतोको आशंकालाई डिएसपी गिरीले कुशल व्यवस्थापन गरेको मुल्यांकन छ । त्यस्तै, चाडपर्वमा स्थानीय व्यापारीहरूबाट उपहार, कोसेली स्विकार्ने कार्यलाई गिरीले निरुत्साहित गरेको देखिन्छ ।
गिरीले आफ्नो कार्यकालमा पुलिस प्रशासनको गिर्दो आत्मबललाई उच्च बनाउने तथा महिलाहरूलाई हेर्ने सामाजिक, साँस्कृतिक एवम् शासकीय महिलाद्वेसी दृष्टिकोणलाई चुनौती दिंदै आम महिला तथा विभिन्न पेसा क्षेत्रमा आबद्ध सम्पूर्ण महिलाहरूको आत्मसम्मान र मनोबल अभिवृद्धि गर्न प्रेरणादायी भूमिका खेलेको देखिन्छ भने राष्ट्रिय जीवनका कुनैपनि कार्य क्षेत्रमा “लिङ्ग” बाधक नहुने उदाहरण आफ्नो कार्य क्षमताको आधारमा प्रमाणित गरेको देखिन्छ ।
गतवर्ष आफ्नो जिम्मेवारी सम्हाल्न प्रहरी वृत्त थानकोटमा हाजिर हुन आएकी डिएसपी (Deputy Superintendent of Police) प्रहरी नायब उपरीक्षक एलिजा गिरीले चन्द्रागिरिको शान्ति सुरक्षाको क्षेत्रमा एक मानक उपस्थिति स्थापित गरेर सम्भवत: अर्को महिना विदा लिंदै छिन् । उसो त उनले केहि सीमाहरू तोड्न सकिनन् । तर, सीमा नाघ्ने काम पनि गरिनन् उनलाई चन्द्रागिरिको तर्फबाट आगामी कार्यकालको सफलताको शुभकामना !