विज्ञापन
No data was found

'दुर्घटनाका घाइतेलाई भेट्न भारत सरकारको केन्द्रीय मन्त्री आज बिहान साढे १० बजे नेपाल आउँदै'

काठमाडौं । नेपालमा शुक्रबार भएको बस दुर्घटनाका घाइते यात्रुहरूलाई भेट्न र मृत्यु भएकाहरूको शव लिएर जान भारत सरकारले एक केन्द्रीय मन्त्रीलाई काठमाडौं पठाउने भएको छ ।

विज्ञापन

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज बिहान साढे १० बजे काठमाडौं आउने भएकी छन् ।

विज्ञापन

उनका साथमा महाराष्ट्र जलगाउँका एक विधायक पनि आउने नेपालस्थित भारतीय दूतावासले जनाएको छ । 

घाइते १६ भारतीय यात्रुको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ । दूतावासका चिकित्सकको निगरानीमा सबै घाइतेको उपचार भइरहेको हो । 

शुक्रबार पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌