विज्ञापन
No data was found

'चन्द्रागिरिमा तीज नृत्य प्रतियोगिता सम्पन्न'

विज्ञापन

काठमाडौं । नृत्य निर्देशक संघ नेपाल (डिडान) चन्द्रागिरि नगर कमिटिको आयोजनामा नगर स्तरीय दोस्रो डिडान तीज नृत्य प्रतियोगिता गरिएको छ ।
आज सम्पन्न उक्त कार्यक्रममा चन्द्रागिरि नगरपालिकामा रहेका विभिन्न विद्यालयका छात्राहरुले प्रस्तुतिका थिए । त्यस्तै, स्थानीय कला, संस्कृतिमा आधारित नृत्यहरू प्रस्तुत गरिएको थियो ।
पूर्व युवा तथा खेलकुद मन्त्री रमा आले मगरको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा विशिष्ट अतिथिमा नगर चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरी, विशिष्ट अतिथिमा उपप्रमुख बसन्ती श्रेष्ठ, नृत्य निर्देशक संघका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
निर्णायकको भूमिकामा नेवारी फिल्म निर्माता निर्देशक अमृत मान महर्जन, वरिष्ठ ताल बादन, गायन र नृत्य निर्देशक खड्ग बुढा मगर, नृत्य क्षेत्रमा विभिन्न कार्य गर्दै आएका नृत्य प्रशिक्षक रवि राना मगर, नेपाली फिल्म क्षेत्रका चर्चित कोरियोग्राफर कविराज गहत राज र नृत्य क्षेत्रलाई विकास गर्दै लाग्ने अर्का महिला निर्णायक पिंकी खड्कीले गरेका थिए ।
“नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान“ भन्ने नारा आत्मसात गर्दै स्थापना भएको डिडानले आज आयोजना गरेको तीज नृत्य प्रतियोगितामा ७ ओटा मण्टेश्वरी र सामुदायिक तथा संस्थागत सहित ३२ विद्यालयको सहभागिता रहेको रवि रानाले शोणितपुर खबरलाई जानकारी दिएका छन् ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌