विज्ञापन
No data was found

'त्रिभुवन पार्कभित्र थ्रीडी आर्ट म्युजियम गुप्तरुपमा सञ्चालन, सरकारका निर्देशनहरूको उडायो खिल्ली'

चन्द्रागिरि (काठमाडौं । काठमाडौं उपत्यकाकै अति महत्त्वपूर्ण पार्कहरू मध्यको एक त्रिभुवन पार्क सम्बन्धी विवाद यथावत रहिरहेकै अवस्थामा पार्कभित्र अवैध गतिविधि र विभिन्न चलखेल चलिरहेको पाइएको छ !

विज्ञापन

स्थापनाकालपछी लामो समय चरम व्यथिति र विवादमा फस्दै आएको त्रिभुवन पार्क संचालन, व्यवस्थापन सम्बन्धी विषयमा २०७५ सालमा संघिय सरकारको मन्त्री परिषदले बागमती प्रदेशलाई कानुन निर्माण गर्न जिम्मा दिएको थियो ।

विज्ञापन

त्यस्तै, उच्च अदालत पाटनले २०७८ सालमा गरेको फैसला र बागमती प्रदेशको अख्तियार प्राप्त मन्त्रालय तथा सम्बन्धित विषयगत समितिहरूको निर्णय र निर्देशनलाई धोती लगाउँदै “मिल्टन सोलुसन प्रा.लि”.ले नक्सा पास नगरी निर्माण गरेको थ्रीडी पार्क गुप्तरुपमा संचालन गरेको छ !

स्थानीय सरोकारवालाहरूको निरन्तरको विरोध र नेपाल सरकारका सम्बन्धित निकायले पार्कभित्र कानुन विपरीत कुनै संरचना निर्माण नगर्न , नगराउन विभिन्न समयमा पत्राचार गरेको भएपनी त्यसको खिल्ली उडाउँदै केही बिचौलियाहरूले कसको निर्देशन र समर्थनमा यस्ता अवाञ्छित गतिविधि गरिरहेका छन् ? एक स्थानीयले प्रश्न उठाए !

यद्यपि, चौतर्फी विरोधका वावजुद मिल्टन सोलुसन प्रा.लि.ले हाल ३०० रुपैयाँ टिकट दर राखेर भित्र भित्र गुप्तरुपमा थ्रीडी पार्क संचालन गरेको देखिएको छ !

चौतर्फी विरोधका वावजुद मिल्टन सोलुसन प्रा.लि.ले हाल ३०० रुपैयाँ टिकट दर राखेर भित्र भित्र गुप्तरुपमा थ्रीडी पार्क संचालन गरेको देखिएको छ !

१६६ रोपनी क्षेत्रफलमा फैलिएको त्रिभुवन पार्कको निरन्तर खण्डिकरण , व्यापारिक प्रयोजनका लागि मनपरी ठेक्का , भाडामा दिने कार्यले इतिहास बोकेको पार्कको अस्तित्व नै खतरामा पर्दै गइरहेको छ !

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत