विज्ञापन
No data was found

'अध्यावधिक नगर्ने ११२६ वटा सहकारीलाई महानगरले कारबाही गर्ने'

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहकारी विभागले अद्यावधिक भएका र नभएका संस्थाहरुको सू्ची सार्वजनिक गरेको छ ।

विज्ञापन

विभागले गत आर्थिक वर्षको पुस मसान्तसम्म वार्षिक साधारण सभा गरेर माघसम्म विवरण अद्यावधिक गरेका र बाँकी रहेका संस्थाहरुको विवरण सार्वजनिक गरेको जनाएको छ ।

विज्ञापन

महानगरपालिका कार्यक्षेत्र भएका सहकारी मध्ये अधिकांश सहकारीले विवरण अध्यावधिक गरेका छैनन् ।

महानगरपालिकामा कार्यक्षेत्र भएका सहकारी मध्ये ८१२ वटाले विवरण अध्यावधिक गरेका छन् भने ११२६ वटा सहकारीले विवरण अध्यावधिक गरेका छैनन् ।

महानगरपालिका अन्तर्गत बचत तथा ऋण सहकारी संख्या १५९५ वटा सहकारी संस्था आबद्ध रहेका छन् । जसमा ६५३ वटा संस्थाले विवरण अध्यावधिक गरेका छन् भने ९४२ वटा सहकारीले विवरण अध्यावधिक गरेका छैनन् । महानगर कार्यक्षेत्र भएका सहकारी ९४२ वटा सहकारीले कानून मानेका छैनन् ।

काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ को दफा ८१ उपदफा २ को १ मा भएको व्यवस्था अनुसार जरिवाना हुने छ । उक्त व्यवस्थामा तोकेको सूचना, विवरण, प्रतिवेलन तोकिएको समयमा नदिएमा ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌