विज्ञापन
साहित्यकार मोहन मैनालीद्वारा लेखिएको युद्धको कथामा आधारित ऐतिहासिक आख्यानकृति “मुकाम रणमैदान”लाई २०८० सालको मदन पुरस्कार घोषण गरिएको छ !
विज्ञापन
मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारण सभा बैठकले उक्त निर्णय गरेको हो ।
त्यस्तै , बैठकको निर्णय अनुसार प्रा.डा योगेन्द्र प्रसाद यादवलाई जगदम्बाश्री-२०८० प्रदान गर्ने निर्णय गरेको छ ।
मदन पुरस्कारका लागि ३०४ पुस्तकमध्ये पाँच उत्कृष्ट पुस्तक छनोट गरिएको थियो।
जसमा भक्त स्याङतानको “डम्फुको आत्मलाप”, जीवन क्षेत्रीको “नुन-तेल”, भावेश भुमरी
र प्रमिता चाम्लिङको “भावलिपि”, मोहन मैनालीको “मुकाम रणमैदान” र रोशन थापा ‘नीरव’ को “सन्त्रासका साठी दिन” रहेका थिए।