विज्ञापन
No data was found

'पारा ओलम्पिकमा कास्य जित्दै पलेशाले रचिन् इतिहास'

काठमाडौं : पारा ओलम्पिकमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले कास्य पदक जितेकी छन् । फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले ‘के ४४ क्याटागोरी’ अन्तर्गत महिला ५७ केजीमुनी तौलमा कास्य जितेकी हुन् ।

विज्ञापन

पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गरेकी हुन् । नेपाली खेलकुदको इतिहासमा ओलम्पिकमा आधिकारिक पदक जित्ने पहिलो खेलाडी बन्दै उनले कीर्तिमान रचेकी छिन्।

विज्ञापन

पलेशाले शुक्रबार भएको पहिलो खेलमा भेनेजुएलाकी मोरालेसलाई ३१-० को फराकिलो अन्तरले पराजित गर्दै क्वार्टरफाइनल पुगेकी थिइन्। तर क्वार्टरफाइनलमा पलेशा विश्व नम्बर ब्राजिलियन खेलाडी सिल्भाना मायारा पर्नान्डेजसँग १०-८ ले पराजित भइन् ।

पलेशा यसअघि सन् २०२१ मा टोकियो पारा ओलम्पिकमा दुई बाउट जितेर पदक नजिक पुगेकी थिइन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌