विज्ञापन
No data was found

'प्रचण्डले गरे सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमन'

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताएका छन् ।

विज्ञापन

आगामी मंसिरमा तय गरिएको दशौँ राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने नहुने अन्योल बढिरहेको बेला पूर्वप्रधानमन्त्री प्रचण्डले निर्धारित समयमै हुनुपर्ने बताए। ‘दशौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनैपर्छ’, शनिबार बिहान सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमनपछि उनले भने, ‘यसमा पनि राजनीति गरेर दशौँ राष्ट्रिय खेलकुद पछि सार्न खोजियो भने खेलाडी र खेलप्रेमीका लागि घात हुनेछ।’ 

विज्ञापन

‘प्रचण्डले निर्माणको अन्तिम चरणमा रहेको रंगशाला पश्चिम नेपालको खेल क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। रंगशाला आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको पाएको भन्दै उनले यसको अत्यधिक सदुपयोग गर्नुपर्ने बताए। उनले लुम्बिनी, कर्णाली र सदूरपश्चिमको खेल क्षेत्रका लागि यो केन्द्र बन्ने मात्र नभई राष्ट्रिय खेलकुद आयोजना गर्न सकिने ढोका पनि खुलेको टिप्पणी पनि गरे।

अनुगमनका क्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्व खेलकुदमन्त्री विमला केसी, कर्णाली खेलकुद परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्याल लगायत उपस्थित थिए।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌