विज्ञापन
No data was found

'पेट्रोलियम पदार्थको मूल्य घट्यो'

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

विज्ञापन

निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । त्यस्तै आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ । एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

विज्ञापन

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर १५४ रुपैयाँ पुगेको छ । नयाँ मूल्यसूची आज १२ बजेपछि लागू हुनेछ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌