विज्ञापन
No data was found

'पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) को घरमा कालो ब्यानर'

काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) को घरमा नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का कार्यकर्ताले कालो ब्यानर राखेका छन् । 

विज्ञापन

चन्द्रागिरि नगरपालिकाको दहचोक स्थित पुनको घरमा शनिबार कालो ब्यानर राखिएको हो । भ्रष्टाचार विरुद्ध जनएकता अभियान लेखिएको ब्यानरमा जनयुद्धको फौजी कमाण्डर र देशको उपराष्ट्रपति बनेका व्यक्तिको सुविधा सम्पन्न बङ्गला निर्माण गर्ने श्रोत के हो ? भनि प्रश्न सोधिएको छ । पुन माओवादीको जनमुक्ति सेनाका पूर्वकमाण्डर समेत हुनुहुन्छ ।  

विज्ञापन

ब्यानरमा ४६ यताका देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख लगायत उच्चपदस्थ व्यक्तिको सम्पत्ति छानबिन गर्न माग गरिएको छ ।  

सो पार्टीले आजै झापाको बिर्तामोडमा रहेको गिरिबन्धु टी स्टेटको जमिन राष्ट्रियकरण गर्न माग गरेर प्रदर्शन गरेको थियो । पार्टीले भ्रष्टाचार विरुद्ध देशव्यापी रूपमा जनएकता अभियान सञ्चालन गरिरहेको छ  ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌