विज्ञापन
No data was found

'नगर स्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ गठन'

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा लामो समयदेखि ” पानी विवाद ” कायम रहेकै अवस्थामा पुनः नगरभित्र विभिन्न वडामा कृयाशिल रहेका खानेपानी उपभोक्ता समितिहरूले नगर स्तरिय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ गठन गरेका छन् !

विज्ञापन

आज गठन गरिएको खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघमा चन्द्रागिरि नगर क्षेत्रमा रहेका १७ ओटा खानेपानी उपभोक्ता समितिको प्रतिनिधित्व रहेको थियो ।

विज्ञापन

आज सम्पन्न उक्त भेलाले साबिक नागढुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति कोषाध्यक्ष मधुकर बस्नेतको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति समेत गठन गरेको छ ।

कार्यक्रममा काठमाडौं खानेपानी महा संघका अध्यक्ष तोरण थापाले सभापतित्व ग्रहण गरेका थिए भने , महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्याल प्रमुख अतिथि थिए ।

साबिक नगरस्तरिय खानेपानी उपभोक्ता समितिका संयोजक पुरुषोत्तम उदासले संचालन गरेको सो कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरूले प्रमुख अतिथि अर्यालद्वारा पद तथा गोपनियताको सपथ खाएका थिए !

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नव निर्वाचित अध्यक्ष मधुकर बस्नेतले चन्द्रागिरि नगरपालिकाले कथित ऐन मार्फत स्थानीय स्तरमा कृयाशिल खानेपानी उपभोक्ताहरूको स्वायत्त अधिकार अपहरण गर्न खोजेको र “पानी” जस्तो संवेदनशिल विषयलाई ध्रुवीकरण गर्न भरमग्दुर प्रयत्न गरिरहेको समेत आरोप लगाए !

साथै , चन्द्रागिरि नगर क्षेत्रमा कृयाशिल खानेपानी सेवा प्रदायक उपभोक्ता समितिहरूबिच परस्पर सम्बन्ध स्थापित गर्न तथा उपभोक्तामुखी दिगो सेवा प्रणालीलाई प्रभावकारी बनाउन र तहगत सरकार तथा मातहतका संयन्त्रहरूबिच सन्तुलन कायम गर्न समेत एउटा बलियो संगठन आवश्यक हुने भएकोले नगर स्तरिय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ गठन गरिएको बताए !

त्यस्तै ,यसअघि गठन भएको समन्वय समिति विघटन गरिएको र आजैदेखि पुरानो समितिको सबै कार्याधिकार समेत नव गठित चन्द्रागिरि महासंघलाई दिइएको घोषणा समेत गरिएको थियो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत