विज्ञापन
No data was found

'मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता'

बुधबार भएको सौर्य एयरलायन्सको हवाई दुर्घटनाका मृतकलाई एयरलायन्सले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ । 

विज्ञापन

सौर्य एयरलाइन्स प्रा.लि.ले एक बिज्ञप्ती जारी गर्दै अकल्पनीय जहाज दुर्घटनामा परि दिवंगत भएकोमा हामी अत्यन्त मर्माहत र भावविह्वल भएको उल्लेख गर्दै संस्थाले सधै जिवन्त एवं चिर स्मरणीय इतिहासको रुपमा संरक्षण गर्ने विश्वास दिलाएको छ ।

विज्ञापन

अध्यक्ष दिपक कमार पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा सौर्य एयरलाइन्सको व्यवसायिक विकास र विश्वसनियता आर्जनका लागि उहाँहरुले निष्ठा पूर्वक पुर्याएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै पिडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्ने सम्मको सहयोग, साथ र सदभाव सधैं रहने विश्वास दिलाएको उल्लेख गरेका छन् ।

अध्यक्ष पोखरेलले प्रतिष्ठित विज्ञहरुको क्षतिको कल्पना नै गर्न नसकिने उल्लेख गर्दै कम्पनीले मात्रै होइन, परिवार, समाज र राष्ट्रले समेत होनहार विज्ञ व्यक्तित्व गुमाउनु परेको भन्दै दुःख प्रकट गरेका छन ।

साथै उपचाररत क्याप्टेन मनिष शाक्यको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌