विज्ञापन
No data was found

'प्रधानमन्त्री ओलीले कांस्य पदक दिलाउन सफल पलेशालाई बधाई'

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पाराओलम्पिक खेलमा नेपाललाई कांस्य पदक दिलाउन सफल नेपाली खेलाडी पलेशा गोवर्धनलाई बधाई दिनुभएको छ ।
ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत पलेशालाई बधाई दिनुभएको हो । ‘पेरिस पाराओलम्पिकमा नेपालले कांस्य पदक प्राप्त गरेको छ, पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बधाई’, ओलीले लेख्नु भएको छ ।
फ्रान्सको पेरिसमा जारी पेरिस पाराओलम्पिकमा पलेशाले शुक्रबार राति के ४४ क्याटागोरी अन्तर्गत महिला ५७ केजीमुनि तौलमा सर्बियाकी मारिया मिसेभलाई १५–८ ले हराउँदै कांस्य जित्नु भएको हो ।
कांस्य पदक जित्दै पलेशा नेपालको लागि ओलम्पिक्स र पाराओलम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल हुनुभएको छ । नेपाली खेलकुदको इतिहासमा ओलम्पिकमा पदक जित्ने पहिलो खेलाडी बन्दै उहाँले राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।
पलेशा शुक्रबार भएको पहिलो खेलमा भेनेजुएलाकी मोरालेसलाई ३१–९ को फराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा छिर्नु भएको थियो । क्वाटरफइनलमा पलेशा ब्राजिलियन खेलाडी सिल्भाना मायारा पर्नान्डेजसँग १०–८ ले पराजित हुनुभएको थियो ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌