विज्ञापन
No data was found

'नेपालबाट यसबर्षको मनसुन बाहिरियो'

काठमाडौं । नेपालबाट यसबर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि यस बर्षको मनसुन नेपालबाट बाहिरिएको हो ।

विज्ञापन

विभागले आज यस वर्षको मनसुन बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशबाट बहिर्गमन भएको बताएको छ ।

विज्ञापन

यस अघि असोज २२ मा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पुर्ण भू-भागका साथै काठमाण्डौ उपत्यका लगायत बागमती प्रदेशको पश्चिमी भू-भाग र मधेश प्रदेशका पश्चिमी भू-भागको थोरै स्थानहरूबाट मनसुन बाहिरिसकेको तथा त्यस अघि नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट २० का दिन यस वर्षको मनसुन बहिर्गमन भएको थियो ।

नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिएर अक्टुबर २ मा बाहिरिन्छ । तर यसवर्ष सरदर मितिभन्दा तीन दिन अघि अर्थात् जुन १० (जेठ २८ गते) मनसुन भित्रिएको थियो । र, मनसुन बहिर्गमनको सरदर मिति (अक्टुबर २) भन्दा झण्डै एक हप्तापछि मनसुन बाहिरिन सुरु गरेको थियो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌