विज्ञापन
No data was found

'निता र हरिहरको चलचित्र ‘ह्रस्व दीर्घ’ को टिजर सार्वजनिक'

विज्ञापन

काठमाडौँ। चन्द्र पन्तको निर्देशनमा निर्माण भएको चलचित्र ‘ह्रस्व दीर्घ’ को टिजर सार्वजनिक गरिएको छ । बिहीबार फूलपातीको अवसर पारेर सार्वजनिक २ मिनेट लामो टिजरले फिल्मको कथावस्तु, द्वन्द्व र चरित्र चित्रणबारे प्रष्ट पारेको छ । एउटै नक्षत्र, ग्रह र भाग्य भएका प्रेम जोडीको सम्बन्ध र उनीहरुको जीवनमा आउने आरोह-अवरोहलाई दर्शाउन खोजिएको छ । चलचित्रमा हरिहर अधिकारीको कथा, प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ।

विज्ञापन

निता फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा निता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, सरोज खनाल, रेखा थापा,किरण केसी, बुद्धि तामाङ,सञ्चिता लुइँटेल,नरेन खड्का, आदर्श मिश्रा, गरिमा शर्मा, लक्ष्मी पौडेल, रबिन्द्र झा,वसिम राजा, साउथ फिल्मका कलाकारहरू ब्रह्मानन्दम, अली, ‘पुष्पा’ का भिलेन सुनिल वर्मा, ‘गजनी’ का भिलेन प्रदीपराज रावतको पनि अभिनय रहेको छ । नेपाल र भारतमा छायाँकन गरेको चलचित्र बिग बजेटमा निर्माण गरिएको निर्माण टिमले बताएको छ। चलचित्रमा करण सिंह प्रोडक्सन डिजाइनर रहेका छन्।

विज्ञापन

दिल आपके पास है’, ‘वेलकम ब्याक’, ‘परदेश’ जस्ता बलिउड फिल्म छायाङ्कन गरेका कवीरलाल ‘ह्रस्व दीर्घ’ को छायाँकार हुन् । प्रेमकथामा बनेको चलचित्र नेपाल तथा भारतका फिल्म हल र प्रतिष्ठित ओटीटी प्लेटफर्ममा रिलिज गर्ने योजनामा निर्माण युनिटको छ । चलचित्र कार्तिक ३० गतेबाट प्रदर्शनमा आउनेछ।

 

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत