विज्ञापन
No data was found

'विजया दशमीको शुभकामना दिंदै आलियाले फिल्म ‘जिग्रा’ हेर्न गरिन् आग्रह'

काठमाडौँ। धर्मा प्रोडक्सनसँग मिलेर आलिया भट्टले निर्माण गरेको फिल्म ‘जिग्रा’ शुक्रवारबाट प्रदर्शनमा आएको छ। वासन बालाले निर्देशन गरेको फिल्ममा आलिया भट्ट र वेदांग रैनाको मुख्य भूमिका रहेको छ। विजया दशमीको शुभकामना दिंदै आलियाले नेपाली दर्शकहरुलाई फिल्म ‘जिग्रा’ हेर्न आग्रह गरेकी छन्। उनले भिडियो संदेश मार्फत भनेकी छन् ”न्यानो अभिवादन नेपाल विजया दशमीको हार्दिक मंगलमय शुभकामना,म अभिनित सिनेमा सिनेमा घरहरुमा लागि रहेको छ स-परिवार हलमा गएर सिनेमा हेरेर मजा लिनुस्।”

विज्ञापन

‘जिग्रा’ धर्मा प्रोडक्सन र इटरनल सनसाइन प्रोडक्सनको ब्यानरमा करण जोहर, अपूर्व मेहता, आलिया भट्ट, शाहीन भट्ट र सौमेन मिश्राले निर्माण गरेका हुन्।

विज्ञापन

फिल्ममा आलियाले जेठी बहिनी सत्य आनन्दको भूमिका निर्वाह गरेकी छिन्, जो आफ्नो भाइ अंकुर आनन्दलाई विदेशी जेलबाट बचाउन संघर्ष गर्छिन्, जहाँ उनलाई यातना दिइन्छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌