विज्ञापन
No data was found

'चन्द्रागिरिमा नौरथ तिर्थातन र बोछायगु कार्यक्रम सम्पन्न'

काठमाडौं । महःनि नखको उपलक्ष्यमा चन्द्रागिरि ५ किसिपिडि कालिका भैरव बासुरी खलः किपुल्चा देको आयोजनामा नौरथ तिर्थातन र बोछायगु कार्यक्रम सम्पन्न भएको छ ।

विज्ञापन

असोज १७ गतेदेखि २५ गते शुक्रबारसम्म आयोजना भएको कार्यक्रम नौरथ (९ तीर्थ)मा बिहानको पवित्र जलमा स्नान गरी शरीरलाई स्वस्थ मन मस्तिष्क पवित्र र स्थिर बनाइ दैवी शक्तीका रुपेणी देवगणका पिठ, मठ तथा मन्दिरहरूको दर्शन र आफूले सेवन गर्ने खाद्य सामाग्रीहरु चढाई महःनि नख हनेगु कार्य शुभारम्भ गर्न शक्ति रुपेणी देवगणहरुसंग आशिर्वाद थाप्ने गरिन्छ ।

विज्ञापन

नौरथ तीर्थाटन अन्तर्गत पहिलो दिन गोर दोभान तीर्थ चन्द्रागिरि ५ , दोस्रो दिन बल्बु देप तीर्थ चन्द्रागिरि १२ , तेस्रो दिन बल्बु गले तीर्थ चन्द्रागिरि १२ , चौथो दिनःगुम्रचा देप तीर्थ चन्द्रागिरि ५ , पाँचौ दिन त्रिवेणीघाट तिर्थ चन्द्रगिरि ७ ,
छैठौ दिन त्रिवेणीघाट तिर्थ चन्द्रागिरि ७ ,
सातौं दिन खहरे दोभान तीर्थ चन्द्रागिरि १ , आठौं दिन थक्वा पिठ तीर्थ चन्द्रागिरि ३ र नवौं दिन न्याति दोभान शिव लिङ्ग तीर्थमा बाजागाजा तथा भजनसहित स्नान गरि शुद्ध वस्त्र धारण गरी जल, दीप र धूप अर्पण गरी पवित्र मन मसि्तष्कका साथ शक्ति रुपेणी देवगणमा बोछायगु (भोग प्रसाद चढाउने) कार्यक्रम गरिन्छ ।

जसमा महःनि नख: (दसैं)मा आफू र आफन्तहरूले सेवन गर्ने खाद्य सामाग्री तथा पेय पदार्थहरू विभिन्न देवगणहरूमा चढाइ सम्पूर्ण खाद्य पदार्थ शुद्ध, पवित्र र पूर्णता मिलोस् भनी कामना गरिन्छ ।

परम्परादेखि मनाउँदै आइरहेको महःनी नखलाई दे, दे (गाउँ, गाउँ) बिचको सदभाव, भाइचारा, पहिचान, अभिवृद्धिका लागि दे (गाउँ)मा रहेका शक्ति पिठ, मठ , मन्दिरहरूमा बोछायगु (भोग प्रसाद चढाउने) कार्यक्रम परम्परादेखि गरिँदै आइरहेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌