विज्ञापन
No data was found

'धरानका मेयर हर्क साम्पाङ र कीर्तिपुरमा मेयर पदमा स्वघोषित उम्मेदवार रहेका राजमान मानवको भेट'

कीर्तिपुर, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कीर्तिपुरको भ्रमण गरेका छन् । मेयर हार्क साम्पाङको प्रतिनिधिमण्डल बुधबार बिहान कीर्तिपुर आइपुगेको हो ।

विज्ञापन

कीर्तिपुर आएका मेयर हर्कले कीर्तिपुरको इतिहास, धार्मिक सम्पदा अजुदय बाघभैरव, लायकु दरबार क्षेत्र, क्वाच्व उमामहेश्वर मन्दिर र नेवा लहानको अवलोकन गरेका थिए ।
भ्रमणका क्रममा उनले सरसफाई कार्यक्रममा समेत सहभागिता जनाएका थिए । उनले मंसिर १६ मा हुने उपनिर्वाचनमा कीर्तिपुरमा मेयर पदमा स्वघोषित उम्मेदवार रहेका राजमान मानवलाई पनि बधाई दिए ।

विज्ञापन

हर्क साम्पाङ कीर्तिपुरमा आएको थाहा पाएपछि स्थानीय समुदायका धेरै मानिस मेयर हर्कलाई भेट्न आएका थिए । नेवा एफएमका सञ्चारकर्मी वीरेन्द्र शाक्य ‘विविशा’ले मेयर साम्पाङलाई कीर्तिपुरको इतिहास, संस्कृति र सम्पदाबारे जानकारी गराए ।

भ्रमणपछि बोल्दै उनले भने, “मैले कीर्तिपुरको बारेमा जे पढेको र सुनेको छु त्यो आफ्नै आँखाले हेर्न पाउँदा निकै रमाइलो र राम्रो लागेको छ । भ्रमणका क्रममा उनले पूर्व मेयर रमेश महर्जन, पूर्व वडा अध्यक्ष हर्ष महर्जनलगायत स्थानीयवासीसँग भेटघाट गरेका थिए ।

तस्बिरः प्रदीप महर्जन

 

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌