विज्ञापन
No data was found

'पशुपति गौशाला धर्मशाला खाली गर्ने काम तत्काल रोक्न पर्यटनमन्त्री पाण्डेको निर्देशन'

काठमाडौं । मारवाडीको कब्जामा रहेको पशुपति गौशाला धर्मशाला खाली गराउने कार्य तत्काल रोक्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका छन्। पशु्पति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले  शान्ति सुरक्षामा समस्या उत्पन्न भएको भन्दै गौशाला धर्मशाला खाली गराउने काम तत्काल अघि नबढाउन कोषलाई भनेका हुन् ।

विज्ञापन
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार पत्र पठाउँदै पशुपति क्षेत्र विकास कोषको जग्गा गौशाला खाली गर्ने कार्य अर्को निर्णय नभएसम्मका लागि  स्थगन गर्न भनेको हो। यसअघि कोषले असोज २३ गते गृहमन्त्रालयलाई शान्ति सुरक्षाको व्यवस्था मिलाइ दिन माग गर्दै पत्राचार गरेको थियो।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को असोज २० गते बसेको बैठकको निर्णयअनुसार पठाइएको पत्रले पशुपति क्षेत्रको शान्ति सुरक्षामा समस्या उत्पन्न भएको बुझिएकाले अर्को निर्णय नभएसम्म उक्त क्षेत्र खाली गर्ने प्रक्रिया रोक्न मन्त्री पाण्डेले निर्देशन दिएका हुन्। परिषद्को बैठक कार्त्तिक ४ गते बिहान ९ बजे  मन्त्रालयमै बस्नेगरी बोलाइएको समेत पत्रमा उल्लेख गरेको छ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌