विज्ञापन
No data was found

'बुदो मार्सल आर्ट्स खेल्ने चार खेलाडी अजरबैजान प्रस्थान'

काठमाडौं । अजरबैजानको बाकुमा हुने अन्तर्राष्ट्रिय विश्व बुदो मार्सल आर्ट्स प्रतियोगितामा सहभागी हुन नेपालका चार खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन् ।

विज्ञापन

अजरबैजान जाने टिमलाई नेपाल अन्तर्राष्ट्रिय बुदोकै–दो महासंघका अध्यक्ष विश्वसागर श्रेष्ठ, महासचिव रवीन्द्र गोपाली र कोषाध्यक्ष राजेन्द्र शाहीले बिदाइ गरेका हुन् । नेपाली टिममा चार खेलाडीसँगै प्रशिक्षक र निर्णायक समेत छन् ।

विज्ञापन
प्रतियोगिताका निम्ति नेपाली टिम वीरकृष्ण महर्जनको प्रशिक्षणमा छ । प्रशिक्षक महर्जन नेपाल बुदोकै–दो फुलकन्ट्याक्स संघका अध्यक्ष समेत हुन् । यस्तै, निर्णायकमा पूजा लामा निर्णायकमा छिन् । खेलाडीहरूमा वीरचन्द्र नकर्मी, सतीस बलामी, ज्ञानेन्द्र हमाल र ब्रिनिस महर्जन छन् ।

प्रतियोगितामा वीरचन्द्रले ७५ किलो तौल समूहमा, सतीसले ७८, ज्ञानेन्द्रले ५८ र ब्रिनिसले ३० किलो तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌