विज्ञापन
No data was found

'पहिलोपटक साउदी अरब र माल्दिभ्समा नेपाली फिल्म ‘छक्कापञ्जा ५’ प्रदर्शन'

काठमाडौं- नेपाली फिल्मले विहिबारदेखि दुई नयाँ अन्तर्राष्ट्रिय बजार पाएको छ । पहिलोपटक साउदी अरब र माल्दिभ्समा नेपाली फिल्म प्रदर्शनमा आएको हो ।

विज्ञापन

यी दुई ठाउँमा ‘छक्कापञ्जा ५’ लागेको छ । साउदीका १० हलमा फिल्म प्रदर्शनमा आएको छ । जुबेलस्थित मूभी सिनेमाज, दमामको भक्स सिनेमाज, जेद्दाको मूभी र भक्स सिनेमाज, रियादस्थित मूभी, भक्स, एएमसी रियाद ग्यालरी नाइन, सलाम मलको मूभी सिनेमाजमा फिल्म लागेको छ ।

विज्ञापन

यस्तै, धरहानको मूभी सिनेमाजमा पनि फिल्म प्रदर्शनमा आएको छ । नेपाली कामदारको ठूलो उपस्थिती रहेको मध्यपूर्वको साउदीसहित मध्यपूर्वका ५० हलमा फिल्म रिलिज भएको छ ।

साउदीसहित युएई, कतार, बहराइन र ओमानमा पनि फिल्म प्रदर्शनमा आएको छ । कतारका १० हलबाट फिल्म प्रदर्शनमा आएको छ । दक्षिण एसियाली टापु मुलुक माल्दिभ्सका २ हलमा पनि पहिलोपटक नेपाली फिल्म प्रदर्शनमा आएको छ ।

यी दुई क्षेत्रमा नेप-फिल्म्सका रमेश ढकालले फिल्म प्रदर्शनमा ल्याएका हुन् । उनकै वितरणमा चाँडै मलेसियामा पनि फिल्म प्रदर्शनको तयारी छ ।

नेपाली फिल्म पहिलोपटक संयुक्त राज्य अमेरिकाको उत्तरपूर्वी राज्य अलास्कामा समेत रिलिज भएको छ । वितरक प्याट्रिक सुवेदीले ‘छक्कापञ्जा ५’लाई त्यहाँ रिलिज गरेका हुन् । अहिले अमेरिका, जापान, अष्ट्रेलिया लगायतका मुलुकमा यो फिल्म प्रदर्शनमा आएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌