विज्ञापन
No data was found

'विसिंखेलमा चम्पाकेश्वर महादेवको जात्रा र प्रचलित किंवदन्ति'

काठमाडौं । चम्पाकेश्वर महादेव र त्यस सम्बन्धी जात्राको पौराणिक वाणासुरकालिन समयको सन्दर्भ समेत जोडिएको पाईन्छ !

विज्ञापन

गोपालवंश अर्थात गोपाली जातिको उत्पत्ति भएको स्थान (प्राचीन शोणितपुर वाणासुरको राजधानी) चन्द्रागिरिको थानकोट लगायत क्षेत्रलाई मानिन्छ !

विज्ञापन

उषा – अनिरुद्रका कथाहरू , वाणासुरकालिन विभिन्न ईतिहास , सन्दर्भ , सन्धानहरूको निचोडमा देखिएका आधारहरूले तत्कालीन भगवान कृष्णसँगै आएका “ग्वाला” हरू नै गोपाल , गोपाली हुन् भन्ने धारणा स्थापित छ ।

विशेषत: यिनै गोपालीहरूको बस्ती मध्येको थाहा नगरपालिका वडा नं १० विसिंखेलमा चम्पाकेश्वर महादेवको भव्य जात्रा हुने गरेको छ ।

विसिंखेलस्थित चम्पाकेश्वर मन्दिरमा पाटन आदिभूमी भएका नेवार ब्राह्मण “राजोपाध्याय” खलकका पुजारीले पूजा गर्ने चलन रहिआएको छ ।

चम्पाकेश्वर महादेवको पूजाका लागि जाँड र ककः बजी चढाइन्छ । त्यस्तै , दिनभरिको जात्रा पश्चात् बेलुकी ‘ट्वाक प्याखँ” नचाइन्छ ।

चम्पाकेश्वर मेलामा गोपाली गुठियारहरूले किरा परेको जाँड र ‘ककः बजी’ प्रसादको रूपमा खाने गर्दछ्न् । त्यसो गर्नाले विभिन्न दुसाध्य रोग समेत नाश हुने जनविश्वास रहिआएको छ ।

प्रचलित किंवदन्ती अनुसार
प्राचीनकालमा शोणितपुरका राजा वाणासुर एकदिन शिकार खेल्न आफ्ना परिवार र सेनाहरूसमेत चन्द्रागिरि (चन्दनागिरी) वन हुँदै हालको विसिंखेलको वनमा आइपुगेको र उक्त वनको रुखमा फुलिरहेको चाँपको फूल राजकुमारी (उषाले ?) देखेपछि त्यो फूल टिपिदिन कर गरेकी यद्यपि , रुखको फेदबाट हेर्दा फूल देखिने र टुप्पोमा पुग्दा अदृश्य हुने गरेपछि राजालाई रिस उठेछ । त्यसपछि कलाँटु (कल्टो) गाउँका काठको काम गर्ने मानिसहरूलाई बोलाएर सो रुख काट्न आदेश दिएपछि रुख काट्ने क्रममा रूखबाट रगत आएको र त्यस स्थानमा एउटा ज्योति लिङ्ग उत्पन्न भएपछि कलाँटु (कल्टो) का गमालहरूले उक्त लिंग आफ्नो गाउँमा लिएर गएछन् ।

भोलिको बिहान त्यस गाउँमा कतै भाले नबासेकोले त्यहाँका स्थानीयहरूले के अनर्थ हुन लागेछ भनी क्षमा पुजा गरेको र “आकाशवाणी” मार्फत “गोपालीहरूको बसोबास भएको टौखेलमा “मलाई” लगेर राख्नु” भनेको हुनाले जात्राको दिन टौखेल गाउँबाट शिवको लिङ्ग ल्याउने र जात्रा पश्चात् पुनः सो शिवलिङ्ग टौखेल मै फिर्ता लैजाने परम्परा रहेको छ ।

फोटो : तीर्थराज बलामी

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌