विज्ञापन
No data was found

'चितवनको टिकौली जंगलमा दुई ट्रक र एक ट्यांकर दुर्घटनामा'

काठमाडौं : चितवनको टिकौली जंगलमा दुई ट्रक र एक ट्यांकर ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

विज्ञापन

दुर्घटनामा २ जना घाइते भएका छन् । गएराति साढे ११ बजे टाँडीबाट नारायणगढतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००२ख १४३९ नम्बरको ट्रक र नारायणगढबाट टाँडीतर्फ आइरहेको ना ८ ख ८६७४ नम्बरको खाली ट्याङकर ठक्कर खाई सोही ट्यांकर पछाडि सोही दिशाबाट आइरहेको ना ६ ख ४६२४ नम्बरको ट्रक ठक्कर खाँदा ०३-००२ख १४३९ नम्बरको ट्रकका चालक मकवानपुरका वर्ष २६ का अनिश स्याङ्तान गम्भीर घाइते भएका थिए।

विज्ञापन

घाइते अवस्थामा भरतपुर अस्पताल पुर्याइएकामा उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइते २ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌