विज्ञापन
No data was found

'झापाको दमकमा जग्गा सम्बन्धी विवादमा ग्याङ फाइट'

झापाको दमकमा जग्गा सम्बन्धी विवादमा दुई पक्षबिच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

विज्ञापन

दमक-३ मा घडेरीको निहुँमा झडप भएको हो । झडपमा परी दमक-९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको मृत्यु भएको दमक प्रहरीले जनाएको छ ।

विज्ञापन

गम्भीर घाइते निरौलालाई उपचारका लागि आम्दा अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको दमक प्रहरीका इन्स्पेक्टर रामभक्त भट्टराईले बताए । मङ्गलवार दिउँसो ४ बजे जग्गासम्बन्धी विवाद भएको उनले जानकारी दिए ।

घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनको भनाई छ । जग्गा सम्बन्धी विवादमा ग्याङ फाइट नै भएको दमक ३ का वडाध्यक्ष नवीन बरालले बताए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌