विज्ञापन
No data was found

'सरकारले सकारात्मक काम गरेन : नारायणकाजी श्रेष्ठ'

काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको सकारात्मक काम गर्न नसकेको दाबी गरेका छन् ।

विज्ञापन

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन । उनले दुई ठूला दल मिलेर बनेको सरकारले काम गर्न नसकेका कारण सय दिन समीक्षा गर्न लायक नरहेको पनि बताएका छन् ।

विज्ञापन

उनले भने, ‘दुई वटा पार्टी मिलेर निरंकुशतामा जाने संकेत सरकारले गइरहेको छ, अन्य राजनीतिक पार्टीलाई हस्तक्षेप गर्न, विभाजन गर्न अध्यादेश ल्याउने तयारी गरेको चर्चा पनि छ, ‘हामीले भ्रष्टाचार विरुद्ध अभियान चलायौँ ।

तर, अहिले सरकारको त्यो काम अगाडि बढाएको छैन ।’ बाढी पहिरो र डुबानमा परेकाहरुको खोज, उद्धार, राहत र पुनःस्थापनामा पनि सरकारले काम गर्न नसकेको बताउँदै उनले भने, ‘यो सरकारले देश जनताको पक्षमा सकारात्मक काम गर्न सकेको छैन ।’ उनले माओवादी केन्द्रको ध्यान अहिले सरकारतिर नभएको पनि प्रस्ष्ट पारेका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌