विज्ञापन
No data was found

'आज दिउँसो पोखरा श्रीजना चोकदेखि आन्दोलन शुरु, ठूलो संख्यामा प्रहरी परिचालन'

 

विज्ञापन

कास्की, पोखरामा अहिले आन्दोलनकारीको भीड जम्मा भएको छ ।

विज्ञापन

रास्वपा सभापती रवि लामिछालाई पक्राउ गरेर कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिरहेको अवस्थामा उनका समर्थक तथा पार्टी कार्यकर्ताहरू सहित सिङ्गो रास्वपा नेतृत्व ५ दिनदेखि पोखरामा आन्दोलनरत छन् ।

राजनीतिक पूर्वाग्रह राखेर राज्यले रविलाई पक्राउ गरेको भन्दै सो अन्याय विरुद्ध यतिखेर रास्वपा कार्याकर्ता लगायत समर्थकहरूको ३० औं हजारको संख्यामा आन्दोलनकारीहरूले नारा जुलुस गरिरहेका छ्न ।

रवि लामिछानेलाई आज म्याद थपका लागि पुनः जिल्ला अदालत लगिने भएको हुँदा , आजको आन्दोलनले उग्र रुप लिने अनुमान गरिएको छ ।

नेपालको पुरातन राजनीतिको दिशा मोड्न र व्याप्त चरम भ्रष्टाचार अन्त्य गर्न नेपाली जनताले आशा गरेको नयाँ राजनैतिक पार्टीविरुद्ध अनेक प्रपञ्च रचेर गठबन्धन सरकारले षड्यन्त्र पूर्वक हमला गरेको आरोप लगाउँदै आन्दोलनकारीहरू उद्देलित बनेका छन् ।

अहिले देशभरबाट हजारौंको संख्यामा कार्यकर्ताहरू पोखरा आउने क्रम जारी रहेको बताइएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌