विज्ञापन
No data was found

'नेपाल बालसाहित्य समाजद्वारा चार पुरस्कार घोषणा'

काठमाडौं । नेपाल बालसाहित्य समाजले विभिन्न दाताहरूबाट स्थापित चारवटा पुरस्कार प्राप्त गर्नुहुने चार बालसाहित्य स्रष्टाको नाम घोषणा गरेको छ।

विज्ञापन

समाजका अनुसार नेबासास मुकेश-जनक बालसाहित्य विज्ञान पुरस्कार डा. तीर्थबहादुर श्रेष्ठ र नेबासास ध्रुव-सुशीला बालसाहित्य अनुसन्धान पुरस्कार डा. अम्बिका घिमिरेलाई प्रदान गरिने छ ।

विज्ञापन

यसैगरी नेबासास चूडा-चरण बालजीवनी पुरस्कार तेजप्रकाश श्रेष्ठ र नेबासास तेज-प्रतिभा बालनियात्रा पुरस्कार सुशीला देउजालाई प्रदान गरिनेछ ।

ती पुरस्कारहरू क्रमश: प्राडा मुकेशकुमार चालिसे र जनक चालिसे, प्राडा ध्रुवकुमार धिमिरे र सुशीला घिमिरे, प्राडा चूडामणि बन्धु र चरण रेग्मी तथा तेजप्रकाश श्रेष्ठ र प्रतिभा श्रेष्ठका सन्तानहरूले आ-आफ्ना मातापिताको नाममा स्थापना गरेका
हुन् ।

नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा बसेको बैठकले सो पुरस्कार घोषणा गरेको हो ।

यसअघि पुरस्कार संस्थापकहरूको उपस्थितिमा भएको पुरस्कार सिफारिस समितिको बैठकले ती नामहरू सिफारिस गरेको थियो ।

ती सबै पुरस्कारअन्तर्गत रू १५ हजार राशि र सम्मानपत्र रहेको र उक्त पुरस्कार आगामी मङ्सिरको पहिलो सातामा दाङमा हुने राष्ट्रिय बालसाहित्य सम्मेलनमा समर्पण गरिने कार्यक्रम छ । सबै पुरस्कार २०८१ सालका लागि हुन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌