विज्ञापन
No data was found

'देशभर हाउसफूल ‘पूर्ण बहादुरको सारङ्गी’'

काठमाडौं । सरोज पौडेलको निर्देशनमा बनेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले अप्रत्याशित रूपमा दर्शकको मन जितिरहेको छ । बिहीबार लक्ष्मीपूजाको अवसर पारेर कात्तिक १५ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्रले यतिबेला चौतर्फी चर्चा पाइरहेको छ ।

विज्ञापन

यो चलचित्रलाई सुरुमा देशकै ठूला मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं र बाहिर गरेर कुल ३८ शो दिएको थियो । तर, उच्च मागका कारण आज क्यूएफएक्सले काठमाडौंमा ३१ र बाहिर ३३ गरी कुल ६४ शो उपलब्ध गराएको छ । यसका साथै, अन्य हलहरूले पनि सुरुवातमा तीन(तीन शो मात्र दिएका थिए भने अहिले सात शोसम्म थपेका छन् । ‘पूर्ण बहादुरको सारङ्गी’ले दर्शकको अभूतपूर्व साथ पाएसँगै केही हलहरुले मध्यरातसम्म शो राख्नुपरेको र धेरै शोहरू ‘फिलिङ फास्ट’ भएको समेत बताएका छन् ।

विज्ञापन

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमामा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।

चलचित्रका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्। सिनेमामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माताका रूपमा रहेका छन् । चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ । यो सिनेमालाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गरेको हो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌