विज्ञापन
No data was found

'४३ वर्षदेखि निष्क्रिय ट्रान्समिटरबाट २४.८ अर्ब किलोमिटर टाढा रहेको यान पुन: सम्पर्कमा'

४३ वर्षदेखि प्रयोगविहीन रहेको ट्रान्समिटरको माध्यमबाट लाखौं किलोमिटर टाढा रहेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको भोयेजर १ अन्तरिक्ष यानले पृथ्वीसँग पुनः सम्पर्क स्थापना गरेको छ । मुख्य रेडियो ट्रान्समिटर बन्द भएपछि ब्याकअपको रूपमा रहेको दोस्रो ट्रान्समिटर (एस ब्यान्ड) प्रयोग गरेर यानले सम्पर्क कायम गरेको हो ।

विज्ञापन

नासाका अनुसार यो ट्रान्समिटरलाई सन् १९८१ यता प्रयोग गरिएको थिएन । तर, यानको सञ्चार प्रणालीमा समस्या देखिएपछि नासाले यसलाई पुनः सक्रिय बनाएको हो ।

विज्ञापन

समस्या उत्पन्न हुनुभन्दा केही दिनअघि, १६ अक्टोबरमा नासाले डीप स्पेस नेटवर्क (डीएसएन) मार्फत भोयेजरलाई हिटर चलाउन निर्देशन दिएको थियो । उक्त निर्देशनले यानलाई शक्ति सञ्चय गर्ने मोडमा पुर्‍याएपछि दुई दिनसम्म सम्पर्क टुटेको थियो ।


पृथ्वीबाट सबैभन्दा टाढा रहेको मानव निर्मित वस्तु हो र हाल पृथ्वीबाट २४.८ अर्ब किलोमिटर टाढा रहेको छ ।


अनुसन्धानका क्रममा यानले मुख्य रेडियो ट्रान्समिटर (एक्स ब्यान्ड) बन्द गरी, कम शक्तिमा चल्ने एस ब्यान्ड ट्रान्समिटर अन गरेको पाइएको थियो । १८ अक्टोबरदेखि नासाले एस ब्यान्ड ट्रान्समिटरको प्रयोग गरेर भोयेजरसँग सम्पर्क पुनर्स्थापित गरेको छ । हाल यानलाई निर्देशन पठाउँदा वा डेटा प्राप्त गर्न लगभग २३ घण्टा लाग्ने गर्छ ।

नासाले यानको मुख्य ट्रान्समिटर कसरी पुनः सञ्चालनमा ल्याउने भनेर अनुसन्धान जारी राखेको जनाएको छ, र यो प्रक्रियामा केही साता लाग्न सक्नेछ ।

सन् १९७७ मा प्रक्षेपण गरिएको भोयेजर १ अन्तरिक्षको सिमाना पार गर्दै सन् २०१२ मा इन्टरस्टेलर स्पेसमा प्रवेश गरेको थियो । यो पृथ्वीबाट सबैभन्दा टाढा रहेको मानव निर्मित वस्तु हो र हाल पृथ्वीबाट २४.८ अर्ब किलोमिटर टाढा रहेको छ । -एजेन्सी

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌