विज्ञापन
No data was found

'रास्वपा केन्द्रीय समितिको बैठक आज ११:३० मा बस्ने'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक शनिबार बस्दैछ।

विज्ञापन

बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा समसामयिक राजनीतिक र स्थानीय तह उपनिर्वाचन परिचालनका विषयमा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले बताए।

विज्ञापन

यस्तै, पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम् मुद्दा र संघर्षका ‘मोडालिटी’बारे छलफल हुनेछ।  स्थानीय तह उपनिर्वाचन परिचालन र विविध विषयमा छलफल गर्न बैठक बोलाएको झाले जानकारी दिए।

पार्टीका सभापति रवि लामिछाने सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्।

लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले आन्दोलन गरिरहेको छ। यो विषयमा पनि आगामी रणनीति तय गर्ने विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌