विज्ञापन
No data was found

'चन्द्रागिरिमा ३ दिने ध्यान योग शिविर सुरु'

काठमाडौं । चन्द्रागिरि नगरपालिका ११ सतुंगलमा ३ दिने ध्यान तथा योग शिविर चलिरहेको छ ।

विज्ञापन

ओशोधारा नेपाल चन्द्रागिरि ध्यान केन्द्रको आयोजनामा भइरहेको ३ दिने ध्यान तथा योग शिविर चन्द्रागिरि नगरपालिका स्थित सतुङ्गलको शान्ति नमुना बस्तीमा जारी रहेको छ ।

विज्ञापन

उक्त योग तथा ध्यान शिविरमा प्रमुख आचार्य आचार्य पुजारी, आचार्य सुवास, आचार्य कृष्ण सखा लगायत योग गुरुहरूबाट आनन्दित जीवन जिउँने कला र योग तथा ध्यान सम्बन्धी विभिन्न सुत्रहरूबारे प्रस्तुति भइरहेको छ ।

कार्तिक २५ गतेसम्म चल्ने सो शिविरमा गौतम बुद्धको अष्टाँगिक आर्य मार्ग, श्री कृष्णको निष्काम कर्मयोग लगायत विभिन्न वैज्ञानिकहरूद्वारा प्रतिपादित जिपनोपयोगी कला सिकाइएको छ ।

६५ जना साधकहरू सहभागी रहेको उक्त शिविरमा पतंजलीको अष्टाँग, ओमकारको आत्मपरिचयको ज्ञान लगायतका कक्षाहरू संचालन भइरहेको आयोजकले जानकारी दिएका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌