विज्ञापन
No data was found

'“विद्यार्थी गुणीय चक्र”को १८ औं राष्ट्रिय सम्मेलन ब्राइट फ्युचरमा भव्य उट्घाटन'

काठमाडौं । प्रतिभाशाली विद्यार्थीहरूको राष्ट्रिय सम्मेलन “विद्यार्थी गुणीय चक्रको १८ औं राष्ट्रिय सम्मेलन शुभारम्भ गरिएको छ ।

विज्ञापन

क्वेष्ट नेपालको आयोजना एवं ब्राइट फ्युचर स्कुलको सह आयोजनामा यहि कार्तिक २४ , २५ र २६ गते चन्द्रागिरि नगरपालिकास्थित ब्राइट फ्युचर स्कुलमा लगातार ३ दिनसम्म चल्ने प्रतिभाशाली विद्यार्थीहरू सम्मिलित “विद्यार्थी गुणीय चक्र”को १८ औं राष्ट्रिय सम्मेलनको भव्य उट्घाटन सम्पन्न भएको छ ।

विज्ञापन

देशका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ७४ विद्यालयहरूबाट ४ कक्षादेखि १० कक्षासम्मका पाँच सय भन्दाबढी विद्यार्थीहरूले भाग लिएको सो कार्यक्रमको क्वेष्ट नेपालका प्रमुख संरक्षक प्रो.डा दिनेश प्रसाद चापागाईं एवम् पूर्वमन्त्री तथा संघीय साम्सद कृष्ण गोपाल श्रेष्ठले संयुक्त रूपमा विधिवत उट्घाटन गरेका छन् ।

जापानमा विकसित भएको विद्यार्थी केन्द्रित विद्यार्थीलाई सर्वगुण सम्पन्न बनाउने शैक्षिक कार्यक्रम अन्तर्गत विश्वव्यापीरूपमा संचालनमा रहेको “विद्यार्थी गुणीय चक्र”को अवधारणा नेपालमा प्रो.डा. दिनेश प्रसाद चापागाईंले सन् १९९९ मा सुरु गरेका थिए

हरेक वर्ष देशव्यापी रूपमा “क्वेष्ट नेपाल”ले विद्यार्थी गुणीय चक्र प्रवर्द्धनका लागि कक्षा सम्मेलन , विद्यालय सम्मेलन लगायत विभिन्न हबहरूको सम्मेलन मार्फत राष्ट्रिय , अन्तराष्ट्रिय सम्मेलनहरूको आयोजना गर्दै आइरहेकोमा यस वर्ष देशका २८ वटा हबहरूबाट छानिएका विद्यार्थी प्रतिनिधिहरूले विद्यार्थी गुणीय चक्रको कार्य प्रतिवेदन प्रस्तुत गर्ने तालिका समेत रहेको आयोजकले जानकारी दिएका छन् ।

देशका सयौं पर्यवेक्षक तथा श्रीलंकाबाट अन्तराष्ट्रिय पर्यवेक्षक , शिक्षक शिक्षिका , विश्वविद्यालयका प्राध्यापक तथा शिक्षाविद्हरूको सहभागिता रहेको उक्त कार्यक्रम विभिन्न सिर्जनात्मक गतिविधि सहित कार्तिक २६ गतेसम्म संचालन हुने बताइएको छ ।

विद्यार्थी गुणीय चक्रको १८ औं राष्ट्रिय सम्मेलनको उट्घाटन सत्र अघि चन्द्रागिरि नगर क्षेत्रका विभिन्न ठाउँमा स्थानीय बाजागाजा र साँस्कृतिक झाँकी सहित प्रभातफेरी समेत गरिएको थियो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत