काठमाडौं । मुक्तिनाथमा १ करोड १ लाख १ हजार १ सय १ दिप प्रज्वलन गरिने भएको छ ।
![](https://shonitpurkhabar.com/wp-content/uploads/2024/12/7-wada.gif)
![](https://shonitpurkhabar.com/wp-content/uploads/2024/12/wada-5.gif)
![](https://shonitpurkhabar.com/wp-content/uploads/2024/12/chandragiri-6.gif)
नेपालको प्रसिद्ध तीर्थस्थल मध्येको मुक्तिनाथ मन्दिरमा लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहराको सहकार्य तथा वनदेवी जेष्ठ नागरिक मिलन केन्द्रको सहयोगार्थमा यही चैत २८ गते मुक्तिनाथ मन्दिर परिसरमा बत्ती प्रज्वलन हुन लागेको हो ।
अनन्त विभूषित स्वामी भागवताचार्यजी (मठाधिश) तथा ईश्वरकृष्ण महाराजको हातबाट दिप प्रज्वलन हुने कार्यक्रम यही आउँदो चैत २८ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म बत्ती प्रज्वलन र हवन हुन लागेको दिप प्रज्वलन समितिको अध्यक्ष हरि महतले शोणितपुर खबरलाई जानकारी दिए ।
श्री बैकुण्ठनाथ दिव्यधाम भागवत सेवाश्रम र समाजसेवी अभियान्ता हरि महत मुल आयोजक समितिको आयोजनामा हुन लागेको दिप प्रज्वलन कार्यक्रममा ६० जना जेष्ठ नागरिकलाई निःशुल्क भ्रमण तथा दर्शनको व्यवस्था गरिएको अध्यक्ष महतले जानकारी दिए ।