चन्द्रागिरि बचत तथा ऋण सहकारी संंस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभा मंसिर १८ गते सम्पन्न गरिएको ।
चन्द्रागिरि नगरपालिकामा मुख्य कार्यालय रहेको देशकै बढी सदस्य संख्या भएको सहकारी मध्येको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको अन्य ३ वटा विभिन्न एकाई सभा र निर्णय प्रमाणित गर्ने सभा सहित २३ औं साधारण सभा सम्पन्न भएको हो ।
जस अन्तर्गत पहिलो एकाई सभा लाजिम्पाट काठमाण्डौंमा आयोजना गरिएको थियो भने दोस्रो एकाइ सभा महाँलक्ष्मीस्थान ललितपुरमा तथा तेस्रो एकाइ सभा थानकोट त्रिभुवन पार्कमा आयोजना गरिएको थियो । उक्त सबै सभाबाट मनोनित नयाँ प्रतिनिधिहरू सम्मिलित निर्णय प्रमाणित गर्ने सभा थानकोट काठमाण्डौमा आयोजना भएको थियो ।
सहकारी विभागको प्रावधान अनुसार सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका २०७६ अन्तर्गत सबै एकाइ सभाहरूमा समान कार्यसूचीहरुमाथि छलफल तथा निर्णयहरु गर्दै एकाई सभाहरू सम्पन्न भएका थिए ।
२१ हजार १ सय ९६ जना सदस्य संख्या रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको २३ औं साधारण सभाले शिवशंकर मानन्धरलाई अध्यक्ष चुनेको छ ।
अध्यक्षमा मनोनीत मानन्धर चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको पहिले पनि कमान सम्हालिसकेका सहकारी अभियन्ता एवम् कुशल नेतृत्वकर्ताका रूपमा परिचित व्यक्तित्व हुन् ।