विज्ञापन

'अयोध्याबाट जनकपुर आइपुगे जन्ती'

रामजानकी विवाहपञ्चमीको अवसरमा भगवान् श्रीरामको जन्मभूमि अयोध्याबाट मङ्सिर १२ गते प्रस्थान गरेको जन्ती आज जनकपुरधाम आइपुगेको छ।

विज्ञापन

करिब पाँच सय साधुसन्तको समूह रहेको सो जन्ती टोली सोमवार राति महोत्तरीको मटिहानीमा विश्राम गरेर आज जनकपुरधाम प्रवेश गरेको हो। जनकपुरधाम आइपुगेका जन्तीलाई उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले औपचारिक रूपमा स्वागत गरे। यस क्रममा सडकका दुवै किनारामा उभिएका स्थानीय बासिन्दाले ‘जय सियाराम’को नारा लगाउँदै पुष्पवृष्टिका साथ जन्तीलाई सम्मान गरेका थिए।

यसअघि महोत्तरीको मटिहानीमा नगरप्रमुख हरिप्रसाद मण्डलसहित नगरवासीले बाजागाजाका साथ भव्य स्वागत गरेका। जन्तीको आगमनलाई भव्य बनाउन जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले नगरवासीलाई सहभागी हुन आग्रह  गरे।

उनले भने, “प्रत्येक पाँच वर्षमा अयोध्याबाट भगवान् श्रीरामको जन्ती जनकपुर आउँछ। यो हाम्रा लागि विशेष शौभाग्य हो। जन्तीको स्वागत गर्न पाउँदा हामी गौरवान्वित छौँ।” महन्त दासले जन्तीका लागि चार दिनसम्म जनकपुरधाममा बसोबास र भोजनको सम्पूर्ण व्यवस्था मिलाइएको बताए।

जन्ती अहिले जनकपुरधामको बाह्रबिघा मैदानमा रहेको छ। केहीबेरमा जन्तीलाई जानकी मन्दिरमा स्वागत गर्न लगिने कार्यक्रम छ। विसं २०६१ देखि सुरु भएको अयोध्याबाट जन्ती आउने परम्परा यस पटक चौथोपटक हो। प्रत्येक पाँच वर्षमा जन्ती जनकपुर आउने गरेको छ।

सप्ताहव्यापी रूपमा मनाइने रामजानकी विवाहपञ्चमी महामहोत्सवको रौनकले जनकपुरधाम उत्सवमय बनेको छ। यही मङ्सिर १६ गतेदेखि सुरु भएको विवाहपञ्चमीमा पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला र तेस्रो दिन आज धनुषयज्ञ महोत्सव मनाइँदै छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

दुग्ध विकास संस्थानले तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

चन्द्रागिरिमा क्रिकेट प्रशिक्षण सुरु

नेपाललाई ऐतिहासिक सफलताः पुरुष टोली पनि खो खो विश्वकपको फाइनलमा

भक्तपुरमा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा

आगामी स्थानीय तह निर्वाचनमा मोओवादीले २५० सिट जित्छ : अध्यक्ष प्रचण्ड

थानकोट गोदाम चोकमा बसपार्क राख्न सिफारिस

चन्द्रागिरिका पानी, तेल तथा डेरी उद्योगमा अनुगमन

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने