विज्ञापन
No data was found

'अयोध्याबाट जनकपुर आइपुगे जन्ती'

रामजानकी विवाहपञ्चमीको अवसरमा भगवान् श्रीरामको जन्मभूमि अयोध्याबाट मङ्सिर १२ गते प्रस्थान गरेको जन्ती आज जनकपुरधाम आइपुगेको छ।

विज्ञापन

करिब पाँच सय साधुसन्तको समूह रहेको सो जन्ती टोली सोमवार राति महोत्तरीको मटिहानीमा विश्राम गरेर आज जनकपुरधाम प्रवेश गरेको हो। जनकपुरधाम आइपुगेका जन्तीलाई उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले औपचारिक रूपमा स्वागत गरे। यस क्रममा सडकका दुवै किनारामा उभिएका स्थानीय बासिन्दाले ‘जय सियाराम’को नारा लगाउँदै पुष्पवृष्टिका साथ जन्तीलाई सम्मान गरेका थिए।

विज्ञापन

यसअघि महोत्तरीको मटिहानीमा नगरप्रमुख हरिप्रसाद मण्डलसहित नगरवासीले बाजागाजाका साथ भव्य स्वागत गरेका। जन्तीको आगमनलाई भव्य बनाउन जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले नगरवासीलाई सहभागी हुन आग्रह  गरे।

उनले भने, “प्रत्येक पाँच वर्षमा अयोध्याबाट भगवान् श्रीरामको जन्ती जनकपुर आउँछ। यो हाम्रा लागि विशेष शौभाग्य हो। जन्तीको स्वागत गर्न पाउँदा हामी गौरवान्वित छौँ।” महन्त दासले जन्तीका लागि चार दिनसम्म जनकपुरधाममा बसोबास र भोजनको सम्पूर्ण व्यवस्था मिलाइएको बताए।

जन्ती अहिले जनकपुरधामको बाह्रबिघा मैदानमा रहेको छ। केहीबेरमा जन्तीलाई जानकी मन्दिरमा स्वागत गर्न लगिने कार्यक्रम छ। विसं २०६१ देखि सुरु भएको अयोध्याबाट जन्ती आउने परम्परा यस पटक चौथोपटक हो। प्रत्येक पाँच वर्षमा जन्ती जनकपुर आउने गरेको छ।

सप्ताहव्यापी रूपमा मनाइने रामजानकी विवाहपञ्चमी महामहोत्सवको रौनकले जनकपुरधाम उत्सवमय बनेको छ। यही मङ्सिर १६ गतेदेखि सुरु भएको विवाहपञ्चमीमा पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला र तेस्रो दिन आज धनुषयज्ञ महोत्सव मनाइँदै छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌