विज्ञापन
No data was found

'एनपिएलमा आज लुम्बिनीले सुदूरपश्चिम तथा विराटनगरले कर्णालीसँग खेल्ने'

आज नेपाल प्रिमियर लिग (एनपिएल)मा दुई खेल हुँदैछ।

विज्ञापन

त्रिवि मैदान कीर्तिपुरमा बिहान ९:१५ बजेदेखि सुरू हुने पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ।

विज्ञापन

यसअघि दुई खेल खेलेको सुदूरपश्चिमले दुवै खेल जितेको छ। पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रन र दोस्रो खेलमा विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको थियो।

यता दुई खेल नै खेलेको लुम्बिनी दुवै खेलमा पराजित हुन पुगेको थियो। ‍लुम्बिनी आज पहिलो जितको खोजीमा हुनेछ।

यसअघि पहिलो खेलमा विराटनगरसँग २ विकेट र दोस्रो खेलमा पोखरासँग १० विकेटले लुम्बिनी पराजित भएको थियो।

एनपिएलको दोस्रो खेल दिउँसो सवा १ बजे कर्णाली याक्स र विराटनगर किंग्सबीच हुनेछ।

कर्णाली र विराटनगर दुवैले यसअघि खेलेका तीन खेलमध्ये एउटामा मात्रै जित निकालेको छ। कर्णाली सुरूवाती दुई खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेट र काठमान्डु गुर्खाजसँग तीन विकेटले पराजित भएको थियो। तेस्रो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो।

पहिलो खेलमा जनकपुरसँग ८ विकेट र दोस्रो खेलमा सुदूरपश्चिमसँग ९० रनले पराजित भएको विराटनगरले तेस्रो खेलमा लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गरेको थियो।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌