विज्ञापन
No data was found

'पत्रकार महासंघको चुनाव : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन'

काठमाडौं : नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको निर्वाचन अन्तरगत आज अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ।

विज्ञापन

बिहान साढे ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ। महासंघको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिएका छन्।  कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी परेको छ।

विज्ञापन

गिरीले प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका हुन्। शर्माले प्रेस चौतारीसहित प्यानलबाट उम्मेदवारी दिएकी हुन्। त्यसैगरी, विष्टले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

यस्तै वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईं, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरीसहित चारजनाको उम्मेदवारी परेको छ। चौलागाई चौतारी नेतृत्वको प्यानलका उम्मेदवार हुन्। पुरी प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन्। उपाध्यक्ष महिलामा गङ्गा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ।

महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल, लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ। ५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि १३३ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

मतदान यहि मंसिर २८ गते बिहान १० बजेदेखि ४ बजे सम्म हुँदैछ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌