विज्ञापन
No data was found

'ह्याट्रिकका साथ प्रिन्स र रशिलालाई ललितपुर मेयर कपमा उपाधी'

ललितपुरमा जारी तेश्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८१ मा एपिएफका प्रिन्स दाहाल र नेपाली सेनाकी रसिला महर्जनले जित हात पार्दै ललितपुर नगरपालिकाद्वारा प्रायोजित तथा ललितपुर जिल्लाद्वारा आयोजित मेयरकपमा ह्याट्रिकका साथ उपाधी उचाल्न सफल भएका छन् ।
आज शनिबार भएको पुरुष एकल तर्फको खेलमा दाहालले नेपाली सेनाका प्रफुल महर्जन माथी २१–८, २१–९ को जित निकाल्दै उपाधी रक्षाका साथ ह्याट्रिक गर्न सफल भएका हुन् । एपिएफका देवराज राना र क्षितिज खनाल तेश्रो स्थानमा खुम्चिन बाध्य भए ।
महिला एकल तर्फ शिर्ष बरियताकी रसिला महर्जनले आफ्नो उपाधी जोगाईन् । सेनाकी महर्जनले उपाधी जोगाउने क्रममा आफ्नै क्लबकी अमिता गिरीलाई २१–७, २१–११ ले पाखा लगाईन् । रसिलाको ललितपुर मेयर कपमा यो लगातार तेश्रो उपाधी हो । सेनाकै रिहाना शेरचन र शेष्ना श्रीपाली संयुक्त तेश्रो भए ।
यु – १७ तर्फको पुरुष एकल तर्फ एपिएफका कविर के.सी.ले जित हात पार्दै उपाधी उचाले । उनले सेनाका सुविन श्रेष्ठ माथि २१–९, २१–१३ को जित निकाल्दै उपाधी उचालेका हुन् । कठायत ब्याडमिन्टन ट्रेनिङ्ग सेन्टरका अमन डङ्गोल र कैलालीका शिषिर राना संयुक्त तेश्रो भए ।
यहि विधाको महिला तर्फ नेपाली सेनाकी रिहाना शेरचनले उपाधी कब्जा गरिन् । शेरचनले एपिएफकी स्वर्लिन श्रेष्ठलाई २१–१७, २१–१२ ले पराजित गरेकी हुन् । तेश्रो स्थानमा एपिएफका प्रियंशा श्रेष्ठ र टिशा रानी शाक्य रहे ।
मास्टर्स ४५ बर्ष माथिको युगल तर्फ सहआयोजक बालकुमारी रिमिक्स क्लबका शान्ता डङ्गोल र कृष्ण श्रेष्ठको जोडी स्पोर्टस् हबका सानबहादुर साँवा र लाक्पा शेर्पाको जोडीलाई १०–२१, २३–२१, २१–१६ ले पराजित गर्दै प्रथम हुन सफल भए । कास्कीका प्रेम कुमार गुरुङ्ग र राजेन्द्र वाग्ले तथा हिमाल गुरुङ्ग र शम्भु श्रेष्ठको जोडी संयुक्त तृतीय भए ।
प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शिर्ष २० बरियता बाहेक), यु–१७ ब्वाईज र गल्र्स तथा मास्टर ४५ माथि युगल गरि ६ बिधामा प्रतिस्पर्धा भएको थियो ।
३१ लाख अनुमानित लागत रहेको प्रतियोगितामा पुरुष तथा महिला एकल र पुरुष युगल तर्फका बिजयीले नगद ४० हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । यस्तै दोश्रो हुनेले नगद २० हजार र तेश्रो स्थान प्राप्त गर्नेले नगद १० हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
यु–१७ तर्फ ब्वाईज तथा गल्र्स एकलमा प्रथम द्वितीय र तृतीय हुनेले नगद २० हजार, १० हजार र ५ हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र तथा मास्टर युगल (४५ बर्ष माथि)का प्रथम, द्वितीय र तृतीय हुनेले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।
बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जरी शाक्य बज्राचार्य, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, ब्याडमिन्टनका भेट्रान खेलाडी मोहन बहादुर शाही, संघका महासचिव बिरेन्द्र श्रेष्ठ, उपमहासचिव नविन बिक्रम शाह, प्रायोजक योनेक्सका नेपाली आधिकारीक त्रिक्रेता इनास इन्टरप्राईजेजका प्रोपाईटर राजु बास्तोला लगायतले पुरस्कार वितरण गरेका थिए ।
५ दिन सम्म संचालन हुने प्रतियोगितामा तीन विभागिय टोली, क्लब र जिल्लाका गरि २२८ खेलाडीहरुले गरेका थिए ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत