विज्ञापन

'हरियो तरकारीमा झण्डै ८५ प्रतिशत विष प्रयोग'

बजारमा हरियो र ताजा तरकारी भनेर खरिद गरिने तरकारीमै सबैभन्दा बढी विषादी अर्थात विष प्रयोग हुने गरेको छ ।

विज्ञापन

कृषि विभागका पूर्वमहानिर्देशकसमेत रहेका विषादीविज्ञ डा.डिल्लीराम शर्मामा अनुसार बाहिरी मुलुकबाट आयात भएर आउने विषादीमध्ये ८५ प्रतिशत हरियो तरकारीमा प्रयोग हुने गर्छ । बाँकी करिब १५ प्रतिशत विभिन्न प्रकारका खाद्यान्न बालीमा प्रयोग हुन्छ ।

विज्ञापन

मुख्यगरी आलु, काउली, भान्टा, परवल, टमाटर, बोडी, खुर्सानी, भेडे खुर्सानी, बन्दालगायतका हरियो तरकारीमा विषादीको प्रयोग हुँदै आएको छ । व्यवसायिक र बेमौसमी रुपमा उत्पादन गरिने तरकारीमा किसानहरूले अत्याधिक परिमाणमा विषादीको प्रयोग गर्दैआएको विषादी विषयमै पीएचडी गरेका शर्माले जानकारी दिए ।

यसबाहेक भारतबाट आयात हुने तरकारीमा पनि उच्च परिमाणमा विषादी भेटिने गरिएको छ । भारतबाट आयात हुने तरकारी सघनरुपमा सीमा नाकामा परीक्षण नहुँदा विषादीसहित नेपाल भित्रने गरेको छ ।

८५ प्रतिशतमध्ये पनि सबैभन्दा बढी अर्थात करिब ७० प्रतिशत विषादी काभ्रे, बारा, सर्लाही, धादिङ, कपिलवस्तु, मकवानपुरका किसानहरूले तरकारीवालीमा प्रयोग गर्दैआएका छन् ।

विषादीको आयात दर तथा रसायनिक मलको बिक्री दर बढ्दै गएको छ । विषादीको प्रयोग पनि अत्याधिक देखिएको छ । अमेरिका र युरोपमा प्रतिहेक्टरमा एकसय ४५ ग्राम विषादीको प्रयोग भइरहे पनि नेपाली किसानले प्रतिहेक्टरमा एक हजार ६ सय ५ ग्रामसम्म प्रयोग गर्ने गरेका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

काठमाडौं शिक्षा क्याम्पसद्वारा आफ्नो ३५ औं स्थापना दिवस भव्यरूपमा सम्पन्न

थानकोटबाट हराईरहेका ११ वर्षीय समीर कडायत भेटियो

पाचौं ब्राइट फ्युचर एसइई कप फुटसल प्रतियोगिताको उपाधी विल्सन एकेडेमीलाई

थानकोट बस्ने ११ वर्षीय समीर कडायत सम्पर्क विहिन

काठमाडौं शिक्षा क्याम्पसले ३५ औं स्थापना दिवस मनाउँदै : मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँद्वारा उट्घाटन

अब ट्राफिक प्रहरीले लाइसेन्स, ब्लुबुक र चाबी नियन्त्रणमा लिन नपाउने

सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न सक्दैनः योगेन्द्र कुँवर

शंखमुल र बुद्धनगर क्षेत्रका अनधिकृत संरचनामाथि चलायो डोजर