काठमाडौं शिक्षा क्याम्पसले आफ्नो ३५ औं स्थापना दिवस भव्यरूपमा सम्पन्न गरेको छ ।
चन्द्रागिरि नगरपालिकामा रहेको देशकै अग्रणी शैक्षिक संस्था काठमाडौं शिक्षा क्याम्पसले वैशाख १९ गते बागमती प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा आफ्नो ३५ औं स्थापना दिवस मनाएको हो ।
२०४८ साल वैशाख १५ गते स्थापना गरिएको काठमाडौं शिक्षा क्याम्पसले नेपालको शैक्षिक क्षेत्रको गुणस्तरीय विकास तथा दक्ष जनशक्ति निर्माणमा विगत साढे ३ दशकदेखि ऐतिहासिक भूमिका निर्वाह गर्दै आइरहेको छ ।
काठमाडौं शिक्षा क्याम्पसको वार्षिक दिवस समारोहमा क्याम्पस सञ्चालक समिति अध्यक्ष प्राध्यापक माधव भट्टराईको सभाध्यक्षता रहेको थियो भने विशिष्ट अतिथि बागमती प्रदेश सरकार उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठ, पूर्वमन्त्री तथा साम्सद पुकार महर्जन, प्रदेश साम्सद यमुनादेवी श्रेष्ठ तथा विशेष अतिथिमा चन्द्रागिरि नगरपालिकाको मेयर घनश्याम गिरी, वडा नं १० का वडाध्यक्ष शिवकुमार महर्जन, त्रिभुवन विश्वविद्यालयका पदाधिकारी साथै विभिन्न वडाका वडाध्यक्षहरूको सहभागिता रहेकोे थियो ।
काठमाडौं शिक्षा क्याम्पसको सभा हलमा आयोजना गरिएको ३५ औ वार्षिकोत्सव कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो भने विविध साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको काठमाडौं शिक्षा क्याम्पसका अध्यक्ष शत्रुघ्न प्रसाद गुप्ताले जानकारी दिएका छन् ।