विज्ञापन
No data was found

'वाँके पठाएको अनुदानको रासायनिक मल बाटोबाट गायव'

काठमाडौं । किसानहरुलाई आवश्यक रासायनिक मल प्रशस्त उपलब्ध गराउने सोच सरकारले बनाएपछि खासै त्यसको प्रभावकारिता भने भएको देखिँदैन । विगतका वर्षहरु भन्दा यस वर्ष रासायनिक मलको समस्या नदेखिएको भएपनि किसानहरुले सहज रुपमा मल पाएको भन्ने भने होइन । सरकाले किसानका लागि अनुदानमा उपलब्ध गराउँदै आईरहेको रासायनिक किसानसम्म नपुगि बाटोबाटै हरायो भन्दा अचम्म पनि लाग्न सक्छ । तर अचम्म मान्नु पर्ने कारण भने देखिएको छैन ।

विज्ञापन

वाँकेमा त्यस्तै नै भएको छ । संघीय सरकारले अनुदानमा वाँकेको नरैनापुरका किसानका लागि भन्दै पठाएको १ सय ३० बोरा रासायनिक मल बाटोबाटै हराएपछि खल्लीखल्ली मच्चिएको छ । बाँकेको नरैनापुर–५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको पठाएको एक सय ३० बोरा मल बाटोबाटै गायब भएको पछि अहिले मलको अर्को काण्ड दोहोरिएको छ ।

विज्ञापन

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले दिएको जानकारी अनुसार नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट गत माघ ९ गते बुझिलिएको ५० किलोको दुई सय बोरा हराएको छ । उक्त अनुदानित युरिया मलमध्ये सहकारीको गोदाममा ६४ बोरा मात्रै फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

उनका अनुसार छ बोरा मल स्थानीय किसानलाई बिक्री गरेको भर्पाई पेस भएको छ भने बाँकी हुनुपर्ने एक सय ३० बोरा युरिया मल बाटोबाटै गायब भएको छ ।

उक्त सहकारीले प्रचलित कानुनविपरीतको कार्य गरेको पाइएकाले उपभोक्ताहित संरक्षण ऐनबमोजिम रु दुई लाख जरिवाना गरिएको प्रजिअ पोखरेलले बताए । अहिले गोदाममा भएको ६४ बोरा अनुदानित मल सिल गरिएको छ भने गायब भएको एक सय ३० बोरा मलबारेमा सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिइएको छ ।

अनुदानको मल तोकिएको सहकारीमार्फत तोकिएका क्षेत्रका किसानले पाए नपाएको सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्व टोलीले आकस्मिक अनुगमन गरेको हो ।

स्रोत : Sudur Today

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌